युएई आएका बागलुङे युवक दुर्घटनामा परी ६ महिनैमा फर्कनु पर्दा, यसरी पोखे बिलौना … !

खिमलाल पाण्डे, युएई २०७५ असार ४ (१८, जुन, २०१८)। राम्रो कामको आशामा भिजिट भिसा लिएर युएई पुगेका बागलुङ पैयुपाटाका दिपेन्द्र पाण्डे युएई आएको करीब ६ महिना नबित्दै नेपाल फर्किएका छन् ।

गत पाच महिना अगाडी काठमाडौँ देखि एक ट्राभल्स मार्फत भिजिट भिसा निकालेर आफै युएई आएका पाण्डेले आएकै भोलि पल्ट रश अल खेमाह स्थित एक कम्पनीमा जागिर पनि पाए ।भिजिट भिसामै उनले निरन्तर काम गरिरहे । दुर्भाग्य, नेपालबाट युएई आएको सत्तरी दिन मै उनी सडक दुर्घटनामा परे ।स्थानिय नागरिकले चलाएको कारको ठक्करबाट घार्इते भएका पाण्डेलाई स्थानिय नागरिकले नै रश अल खेमाह स्थित साकर हस्पिटलमा भर्ना गराएका थिए। सडक दुर्घटनामा परे पछि पाण्डेको पेटमा प्वाल पर्नुको साथै दाहिने खुट्टा, कम्मर देखिने फुत्किएको थियो। यसरी दुर्घटनामा परेका पाण्डेको उपचार खर्च निरन्तर कम्पनीले नै व्यहोर्दै आइरहेको थियो।

यसरि दुर्घटनामा परेको थाहा पाए पछि युएईमा क्रियाशील सामाजिक संस्था बागलुङ सेवा समाज युएईले पनि थप चासो राखेको थियो। करिब ३५ दिने हस्पिटलको उपचार पछि संस्थाको बिशेष पहलमा पाण्डे नेपाल फिर्ता भएको संस्थाका बरिष्ठ उपाध्यक्ष चुडामणी शर्माले बताएका छन। शर्माले भने कम्पनी शिलबन्दी भएका कारण मालिक जेलमा परेकाले मालिकका छोराले उपचार खर्च र नेपाल पठाउन सकारात्मक पहल गरेका थिए र हामी सफल पनि भयौ ।

सडक दुर्घटनामा परेर उपचार गराइरहेका पाण्डे भावुक हुदै भने, बल्ल २८ बर्षको भए ।मैले बिबाह गरेको ९ बर्ष भयो । मैले आफ्नै जिल्ला अन्तरगत बिहु सुलडाडा देखि गरेको थिए। मेरो पहिलो सन्तान छोरी ६ बर्षकी भईन अनि दोश्रो सन्तानको रुपमा छोराको आगमन भयो उ अहिले १६ महिनाको भएको छ । घर परिवारमा ३ भाई २ बहिनी थियौ । बाबाको पहिल्लै मृत्यु भयो । दाजुभाईले बिबाह गरेर छुट्टीए । आमा मुटु रोगी हुनुहुन्छ ।निरन्तर उपचार गराइराख्नु पर्छ । उनि यसै बीच नानी बाबूहरुको नाम लिदै भावुक हुँदै थप्दै भन्छन उनीहरुको पालन पोसण को लागि बिदेस आएको थिए दैव दशा लागे पछि के लाग्नो रैछ र हरेश खान थालेँ अब त । आमाको उपचार गरुला आफ्नो परिवारलाई खुशी र सुखी राखुला भनेर भिजिट भिसा आफै निकालेर युएई आए म माथि दैव लागे मैले गरि खाएको देख्न सकेनन् यसरी दुर्घटनामा परे विदेशको ठाउमा । नेपालमा भएको भए त परिवारले त हेर्दथ्यो यहा त गाह्रो रहेछ, कोहि नहुदो रहेछ ।

तर पनि कोहि नभएको महसूस भएन मलाई । बागलुङ सेवा समाज युएईले मलाई आफ्नै परिवारको आभास दिलायो । बिशेष गरि मलाई युएई आउदाको भोलि पल्ट जागिर लगाइदिने दाजु कृष्ण सापकोटा अनि म सडक दुर्घटनामा परे पछि दिनहु मेरै लागि खट्नुहुने बागलुङ सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष चुडामणी शर्मा जीलाई धन्यबाद दिन चाहन्छु । उहाहरुको गुण म जिन्दगी भरि भुल्न सक्दिन भन्दै धुरुक्कै आँशु झारे पाण्डेले ।अनि हामीले प्रश्न गरेउ दुई दाजुभाई कता के गर्दै हुनुहुन्छ त रु उनले भने सबै आ(आफ्नै संसारमा मत कान्छो छोरो । एउटा दाजु मलेसिया हुनुहुन्छ अर्को दाजु घरमै किसानी गर्नुहुन्छ । बहिनीहरुको बिहे भैसक्यो। युएईमा मेरो गाउँका साथीभाई कोहि दुबई कोहि अबुधाबी कोहि कता सबै टाढा टाढा भए पनि समय मिलाएर मलाई भेट्न आउनुहुन्छ सान्त्वना दिनुहुन्छ केहि पीडा कम भएको महसूस गर्दछु । बिशेष त म संगै एकै कम्पनीमा काम गर्ने साथीहरु कमल सापकोटा, सुरज सापकोटा, दिनेश लामा लगायत कम्पनीले खटाएको मेरो भाई सेहार सुनारले समय समयमा आलो पालो गरेर मेरो हेरविचार गरिरहेका छन् उहाहरुको म ऋणी छु ।

साथमा बागलुङ सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष मेरा आदरणीय दाजु चुडामणी शर्मा, युएई नेपाली एकता समाजका उपाध्यक्ष दाजु गुणानिधी शर्मा, समय समयमा हस्पिटलमा आएर सोध पुछ गर्नुहुन्थ्यो उहाँ प्रति आभारी छु । बेला बेलामा सल्लाह सुझाब दिइरहनु भयो ।उहाहरुकै सल्लाह बमोजिम मैले कम्पनीमा दबाब दिन थाले ।कम्पनीको मालिक राम्रो भएकाले सबै काम पनि गर्यो । आज सम्म लागेको खर्च पनि कम्पनीले पनि तिरेर म नेपाल फिर्ता हुन् पाए घाइते पाण्डेले भने ।

हस्पिटलले पाण्डेको उपचारको लागि करिब ८१ हजार दिहराम बराबरको खर्च लाग्ने बताए पछि कम्पनीले सम्पूर्ण खर्च तिरेर नेपाल पठाएको बागलुङ सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष चुडामणी शर्माले बताए ।

अन्तमा पाण्डेले भने युएईमा उपचार गराउन सकिएन नेपाल फर्कदै छु, म ग्राण्डी हस्पिटलमा उपचार गराउने छु पक्कै पनि ठिक हुने छु, मेरो पारिवारिक आर्थिक अवस्था कमजोर छ । देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सक्दो सहयोग गर्नुहुने छ भन्ने आशा लिदै नेपाल फिर्ता भएको छु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *