सूचना अधिकारीहरुको बैठक सम्पन्न : असार १० गते कार्यालय हातामा बृक्षारोपण गर्ने निर्णय !

कुसुम थिङ, बागलुङ २०७५ असार ३ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला सदरमुकाम स्थित सरकारी तथा सार्वजनिक संस्थानका सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रत्यक महिना सूचना अधिकारीहरुको बैठक बसी कार्यालयमा भए गरिएका गतिबिधीहर स्वता प्रकाशित गरी सर्वसाधारणका लागि सूचना प्रबाह गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले ईबागलुङलाई बताए ।

आमागी असार १० गते शनिवार कार्यालयहरुको परिसरमा फलफुलका विरुवा रोप्न को लागी कृषि बिकास कार्यालयका सूचना अधिकारीको संयोजकत्वमा एक समिति गठन गरिएको अधिकृत पन्तले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *