बुर्तिवाङमा पानीको हाहाकार, खोलाबाट सिधै पाईप जोडी पानी ल्याएर बिक्री, वडाध्यक्षले गरे अनुगमन !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ असार ३ । ढोरपाटन नगरपालिका वडा न ३ साबिकको वडा नम्बर ६ मा रहेका छरछरे खोला र अधेँरीखोलाको शनिबार वडा अध्यक्ष्य,सदस्य सहित स्थानियहरुद्धारा अनुगमन गरिएको छ । अनुगमनको क्रममा ढोरपाटन नगरपालिका वडा न १ र ३ का नागरिक तथा सघं सस्थांले आफु खुशी खोलाका विभिन्न १३ स्थानबाट पानी लगि व्यक्तिगत प्रयोजन एवं आफु खुशी बेच्ने गरेको भेटिएको ढोरपाटन नगरपालिका वडा न ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगरले ईबागलुङलाई बताए ।

पछिल्लो समय धेरै स्थानहरुमा पानीको हाहाकार नै मच्चिरहदाँ केही नागरिक व्यावसायी सघं संस्थाले वडा कार्यलयसगं सोधबुझ नै नगरीे बगर सहित वडा न १ को धैरेनी, भब्रेटा, खाराखेत दुले, बुर्तिबाङ बजारका विभिन्न स्थानहरु, खप्तरीबाङ लगायतका स्थानमा जथाभावी पानीको प्रयोग एवं व्यक्तिगत स्वार्थको निम्ति बुर्तिबाङ बजारमै मोटो रकममा पानीको बेचबिखन गरेको पाईएपछि स्थानियहरुकै सक्रियतामा अनुगमन गरिएको समेत अध्यक्ष घर्तीले बताए ।

यस्ता कार्यहरु तत्कालै रोक्न अनुरोध गर्दै घर्तीले भने “वडाबासीसगं भएको सहमति अनुरुप भोलिनै पत्रचार गरिने छ, यदि पत्रचार गर्दा गदै अटेरी गरेको खण्डमा कारवाहीको प्रकृयामा जाने छौँ ”।

पछिल्लो समय बुर्तिबाङ बजारमा ढल निर्माण कार्य चलिरहेकाले पानीको हाहाकार नै मच्चिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *