बागलुङ निसीखोलाका बाढी पीडितलाई काठमाडौमा राहत हस्तान्तरण

काठमाडौँ २०७५ असार ३ । बागलुङ जिल्लाको निसीखोलाका बाढी पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ । प्रवासी नेपाली संघ अमेरिका द्वारा संकलित राहत रकम निसीखोला गाँउपालिकाका बाढी पीडितलाई शानिबार काठमाडौंमा हस्तान्तरण गरिएको छ । बागलुङ क्षेत्र न. २ का सांसद देवेन्द्र पौडेलले उक्त राहत रकम हस्तान्तरण गरेका थिए ।

राहत रकम हस्तान्तरण गर्दै सांसद पौडेलले यस्ता दुखद घटनामा पीडित परिवारलाई देखाएको सहयोगले मानव जीवनमा ठुलो योग्दान पुगेको बताए ।
बाढी पहिरोबाट नेपालीहरुले बर्षनी ज्यान गुमाउनुपरेको भन्दै जाखिम क्षेत्रको पहिचान गरि सरकारले उचित व्यबस्था गर्नुपर्ने पौडेलको भनाई थियो ।
बागलुङ जिल्लाको समग्र विकासका लागि आफुले पहल थालिरहेको बताउँदै अब बागलुङबासीले बिकासको आभास गर्ने उनले बताए ।

राहत रकम प्रवासी नेपाली संघ अमेरिकामा रहेका नेपाली खिम बिक्रम भट्टराईको सक्रियतामा १ लाख १५ हजार राहत रकम नेपाल पठाइएको थियो । उक्त राहत रकम जनही २३ हजारका दरले वितरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *