पहिरोले पुरिएर पनि यसरी बाँचे अमृताका छोरी आशा र नाती राजन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ३ । शनिबारको बर्षातका कारण गल्कोट नगरपालिका १ दुदिलाभाटीको एक परिवार बिस्तापित बनेको छ । घर देखि करिब १ सय ५० मिटर माथीदेखि झरेको पहिरोले दुदिलाभाटी चौराहका अमरिता छन्त्यालको घर बस्नै नमिल्ने गरि भत्किएको छ ।

स्थानिय बम बहादुर श्रीसका अनुसार हिजो बेलुका करिब ८, ९ बजेको घर माथीबाट पहिरो झरेपछि अमरिताका छोरी आशा छन्त्याल र नाती राजन छत्याललाई पहिरोले पुरेको थियो । पहिले झरेको पहिरोले दुबै जनालाई पुरेको थियो, उनिहरुमध्ये आशा छन्त्यालको आधा भाग र राजनको भने टाउको बाहेक अरु सबै हिलोमा गाडिएको थियो । त्यसपछिको पहिराले उनिहरुलाई हुत्ताए बाहिर लिकालेपछि दुबै बाँच्न सफल भएका हुन ।

शनिबार राति नै परिवारका सम्पुर्ण सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । घाईतेहरुलाई प्राथमिक उपचार गरेपछि अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण श्रीसलाई कहाँ बस्ने भन्ने टुङगो लागेको छैन । घर बस्नै नमिल्ने गरि भत्किएपछि श्रीसका सपरिवार छिमेकिको घरमा बस्दै आएका छन । स्थानिय बम बहादुर श्रीसका अनुसार नरेठाटी प्रहरी चौकीले ८ लाख बराबरको क्षतिको मुजुल्का बनाएको बताउदै तत्कालका लागी स्थानियहरुले बसोबासको ब्यवस्थापन गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *