नसर्ने रोगहरु सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

पूर्ण भद्र निउरे, ताराखोला २०७५ असार ३ ।ताराखोला गाउँ पालिकाको स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोगहरु सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम ताराखोलामा सम्पन्न भएको छ ।

गाउपालिकाको केन्द्र अर्गल भातखाने डाँडा मा सम्पन्न कार्यक्रममा नसर्ने रोगहरु अन्तर्गत मुटु रोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि रोगको परिचय, लक्षण, कारक तत्व,बच्ने उपाय आदिका बारेमा प्रस्ट पारिएको स्वास्थ शाखा प्रमुख शंकर बिष्टले जानकारी दिए।

कार्यक्रममा जनप्रतिनिधि आमा समुह महिला स्वास्थ स्वयं सेबिका शिक्षक तथा समाजसेवी गरि ४० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ शाखा प्रमुख शंकर बिष्ट र अर्गल स्वास्थ चौकीका हेल्थ असिष्टेन बिराज जि सीले गरेका थिए ।

कार्यक्रम ताराखोला गाउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनको अध्यक्षता र अर्गल स्वास्थ चौकी का अ हे ब सुमन पौडेल को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *