समस्यामा आधारीत ब्याबासायिक पशुपालन कृषकस्तरिय स्थलगत तालिमा सम्पन्न

योगेन्द्र विश्वकर्मा बुर्तिबाङ, २०७५ असार ३ । ढोरपाटन नगरपालिका पशु सेवा शाखा बुर्तिबाङको आयोजनामा शनिवार एक दिने समस्यामा आधारीत ब्याबासायिक पशुपालन कृषक स्तरिय स्थलगत तालिम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेका २१ जना कुषकको सहभागिता रहेको तालिममा ब्याबसायिक पशुपालनमा उत्पादन लागत घटाउन,गाई भैसीको गोठ ब्यबस्थापन तथा आधारभुत आबश्यकता,गोठका आधारभुत बिशेषताहरुको बिषयमा सहभागिलाई प्रशिक्षण दिईएको थियो।

कार्यक्रममा सहभागिले आफ्ना कुरा राख्दै तालिम धैरै प्रभबकारी भएको र तालिम १ दिन मात्र नभएर समय समयमा सञ्चालन गर्न सकेमा कृषकहरुलाई पशुपालनको लागि थप प्रभाबकारी हुने बताएका थिए।

कार्यक्रममा पशु सेवा शाखा बुर्तिबाङका शाखा प्रमुख खुमानन्द पोख्रेल र प्राबिधिक दलसिङ श्रीसले सहजीकरण गरेका थ्एि । उद्घाटन कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्र भन्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य हुमबहादुर राना असारी बिक गौमति कुमाल लगाएतको सहभागिता रहेकोे थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *