आदर्श सञ्चारका युवाहरुलाई सक्रिय बनाउन ‘आदर्श युवा’ सञ्जाल गठन !

सिर्जना पन्त, बागलुङ २०७५ असार ३ । सहकारी क्षेत्रमा फरक पहिचान बनाउँन सफल धौलागिरिको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका युवा शेयर सदस्यहरुको भेला तथा सचेतना कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

संस्था आवद्ध युवाहरुलाई सहकारी अभियानमा सक्रिय बनाउने, उनीहरुमार्फत जिल्लाका दशवटै स्थानीय तहमा युवा अभियान सञ्चालन गर्ने, युवा तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना प्रदान गर्ने लक्ष्यका साथ भेला आयोजना गरिएको संस्थाले जनाएको छ ।

भेलाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले राज्यका जिम्मेवार निकायले गर्नुपर्ने काम सहकारी संस्थाहरुले गर्दै आएको भन्दैं युवाहरु सहकारी अभियानमा लाग्नुपर्ने बताएका थिए ।

युवा भेला तथा सचेतना कार्यक्रममा सहजीकरण गर्दै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा युवाहरुको सहभागिता र सक्रियताबाट समाजको आर्थिक सामाजिक रुपान्तरणमा सहजता प्रदान गर्न सकिने जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक मिलन केसी, संचालक सदस्य शान्ति श्रेष्ठ र लेखा समिति सदस्य सरस्वती खड्का परियार लगाएतले बोलेका थिए ।

यसैबीच भेलाबाट युवाहरुलाई संगठित गरी सहकारी अभियानमा सक्रिय बनाउने र रुपान्तरणका क्षेत्रमा युवाको भूमिका बढाउने लक्ष्यका साथ संस्थाका १६ देखि ३० वर्ष उमेर समुहका २५ जना युवा शेयर सदस्यहरुको सहभागिता रहेको भेलाले आदर्श युवा नामके सञ्जाल गठन गरेको छ ।

संस्थाले गठन गरेको सञ्जालको संयोजकमा संस्थाका शेयर सदस्य रोशन जिसी, सह–संयोजकमा पुजन शर्मा, सचिवमा साधना पन्त, सह–सचिवमा सजनी परियार, कोषाध्यक्षमा प्रतिभा केसी र सदस्यहरुमा रोहन जिसी, सञ्जना खड्का, कृपा खड्का सुरक्षा कार्की, पुजा कार्की र मनिसा जिसी, रहेका छन् ।

उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, कोषाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत तथा सम्बाददाता तथा प्रकाशन विभाग प्रमुख सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *