दलितको नेतृत्व विकासका लागि क्षमता अभिबृद्धि गर्नु जरुरी – चर्मकार

मन्दिप न्यूरे, ताराखोला २०७५ असार २ । ताराखोला गाउपालिका-२ मा आयोजित दलित नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै दलित अधिबक्ता तथा बागलुङ दलित उत्थान सशक्तिकरणका अध्यक्ष यमबहादुर चर्मकारले दलितको नेतृत्व विकासका लागि दलितहरुलाई दलितको नेतृत्व विकास उनिहरुको क्षमता अभिबृद्धि गर्नु पर्ने बताएका छन् । उनले दलितहरुको शिक्षामा पहुँच पुराउने हरेक क्षेत्रमा क्षमतावान व्यक्ति उत्पादन गरी समावेशी गराउने कुरामा जोड दिए ।

कार्यक्रममा ताराखोला गाउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, कार्यकारी अधिकृत टोपलाल भुसाल, वडा २ का वडाध्यक्ष र वडा सदस्य क्रमश: खड्गबहादुर बिक, भक्तबहादुर घर्ती, जिसस सदस्य पूर्ण कुमारी सुनार संस्थापक अध्यक्ष गोविन्द परियार लगायतले मन्तव्य दिएका थिए ।

कायक्रम दलित उत्थान सामुदायिक मन्चका अध्यक्ष सन बहादुर बिकको अध्यक्षता सचिव मिना सुनारको संचालनमा सप्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *