हराएका २ भेँडा तेह्रौँ दिनमा भेटिएपछी धरालीको परिवारमा खुशियाली !

टिकाराम भट्टराई ,बुर्तिबाङ,२०७५ असार २ । बागलुङ र गुल्मी जिल्लाको सीमानामा पर्ने गुल्मीको मालिका गाउँपालिका २ सिरुखर्कका दिलबहादुर धरालीका परिवार तेह्र दिन देखी हराएका दुईटा भेँडा एक्कासी आज फेला पर्दा औधि खुशी भएका छन् । धरालीको घरपरिवार एवंम छर–छिमेकी लगायतले केहि दिन सम्म लगातार खोज्दँ समेत नभेटिए पछि आश नै मारिसकेका थिए ।

आर्थिक हिसाबले अति बिपन्न दिलबहादुरका परिवारले मंसिर महिनामा गर्ने कुलपूजाका लागी ऋणधन गरेर डेढ हप्ता पहिले २४ हजार रुपयाँमा किनेर ल्याएका भेँडा जंगलमा चराउन लाँदा हराएका थिए । सिरुखर्कको राम्चे जंगलमा चराउन लगेका भेँडा हराएपछी ओँठमुख सुकाएर निराश बनेका धरालीका परिबार एक्कासी आज बिहान जंगलमा भेँडा भेट्टिएका खबरले हराएका छोराछोरी भेट्टाए जत्तिकै खुशी लागेका बताए ।

बागलुङ बडीगाड गाउँपालकिा १० पात्लेमा रहेको लिखुरे जंगलमा भेँडाहरु चरिरहेको अबस्थामा देखेपछी एक पैदलयात्रीले खबर गरेका थिए । उक्त खबरले दिलबहादुरलाई मात्र होईन सबै गाउँबासीलाई समेत आश्चर्य तुल्याइको बडिगाड गाउँपालकिा १० पात्लेका युवा सुधन बिश्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *