विहुँको पन्चेबाजा समुहका सदस्यहरुलाई पोशाक बितरण

भरत सापकोटा, बागलुङ २०७५ असार २ । काठेखोला गाउँपालिका वडा न ५ बिहुँकोट थामडाडामा आयोजना गरिएको पोशाक बितरण कार्यक्रममा यस क्षेत्रमा लोप हुन लागेको पन्चेबाजा समुहहरु को पहिचान गरि सत्यावती पन्चेबाजा समुह बिहुँ राहाले , शिवधुरी पन्चेबाजा समुह बिहुँ ५ त्यस्तै बिहुँकोट पन्चेबाजा समुह गरि तिन समुहका सम्पुर्ण सदस्यहरुलाई पोशाक वितरण गरिएको छ।

काठेखोला गाउँपालिका वडा ५ मा रहेका दलित समुदायकाहरु विभिन्न प्रयोजनको लागि तथा सिपमुलक ब्यबसाय मुलक ढंगले संक्षम बनाउन भनेर रु १लाख ५०हजार छुट्टिएका भए पनि त्येति रकमले कुनै पनि ब्यबसायिक र सिपमुलक काम गर्न र त्यस क्षेत्र भित्र रहेका दलित समुदायलाई समाहित गर्न नसकिने भएकाले यसपालिको रकम संस्कृति संरक्षण र पन्चेबाजा समुहको पहिचान जोगाउन लागेको दलित संजाल वडा ५ अध्यक्ष डिल बहादुर बि क ले बताए ।

कार्यक्रममा बोल्ने अधिंकाशं बक्ताहारुले समाजको पहिचान जोगाउन संस्कृतिको महत्वपूर्ण भुमिका रहिआएकाले राज्यको पहलमा बितरण गरिएको पोशाक संगै लोप हुन लागेको लोक पन्चे बाजाको संरक्षण गर्न पन्चे बाजा समुहहरुले पनि गम्भीरता पुर्वक आफ्नो ज़िम्मेवारी बहन गर्नु पर्नेमा जोड़ दिएका थिए। उनिहरुले लोक संस्कृति भित्र रहेका जुन पन्चेबाजा छ त्योलाई अझै ब्यबस्थित ढंगले अघि बढि आफ्नो गला, कला र क्षमता खुलेर राख्न सकेमा हरेक क्षेत्रमा उनिहरुको पहिचान अझै बढ्ने जिकिर थियो ।

सो कार्यक्रममा काँठेखोला गाउँपालिका वडा ५का कार्यपालिका सदस्य हेमलाल बि क वडा सदस्यहरु भुमिश्वर कडेल खगिशरा न्यौपाने शिवलाल कडेंल समाजसेवीहरु परमानन्द कडेल हर्कमान बिश्वकर्मा नेकपा जिल्ला सदस्य कोपिला पुन दलित सन्जालका वडा ५ का सदस्यहरु माया वि क, भिम बहादुर वि क, नर बहादुर परियार, सिरपति वि क लगाएतले बोलेको कार्यक्रमको स्वागत दलित संन्जालकी सदस्य शुसिला सुनार सन्चालन सचिव जमुना वि कले गरेकी थिईन् । कार्यक्रमको अध्यक्षता दलित संन्जाल वडा ५ अध्यक्ष डिल बहादुर बि क को रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *