धाईरिङ्ग माबिमा स्व. पति र छोराको स्मृतिमा १ लाखको अक्षय कोष स्थापना!

कोपिला कंडेल, पर्वत २०७५ असार २ । पर्वत जलजला गाउपालिका फर्से धाईरिङ्ग माध्यमिक बिद्यालयमा जलजला गाउंपालिका ७ धाईरिङ्ग निवासी भद्रकला आचार्यले स्वर्गिय पति बालकृष्ण आचार्य र स्वर्गिय छोरा शालिग्राम आचार्यको स्मृतिमा १ लाख ५ सय ५ रुपयाको अक्षय कोष स्थापना गरेकी छन् । कोषको रकम कोषका ज्येष्ठ सदस्य जगन्नाथ आचार्य र ग्राम प्रकाश माबि श्रोत केन्द्रका श्रोत ब्याक्ति कमलनयन आचार्यले संयुक्तरुपमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद आचार्यलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण पछि बोल्दै श्रोत ब्यक्ति कमलनयन आचार्यले बिद्यालयको गुणस्तर बृद्धिका लागि शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताए । उनले शैक्षिक गुणस्तर बृद्धिका लागि यस्ताखाले कोष महत्वपुर्ण हुने भन्दै आचार्य परिवारको सहयोग सदैब स्मरण योग्य रहने बताए ।

त्यसैगरी कोषका ज्येष्ठ सदस्य जगन्नाथ आचार्यले आगामी दिनमा कोषलाई बढाउदै लैजाने र कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्यक बर्ष जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक गुणस्तर बृद्धिका लागि प्रोत्साहन स्वरुप प्रदान गरिने जानकारी दिए ।

बिद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद आचार्यले सो कोषले बिद्यार्थीको गुणस्तर अभिबृद्धिमा सहयोग पुग्ने र अन्य ब्यक्तिलाई प्रेरणा मिल्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा १ देखी १० सम्मका दलित तथा अन्य बिद्यार्थीलाई छात्रवृति प्रदान गरिएको थियो । साथै बिद्यालयमा अध्यनरत उत्कृष्ट नतिजा ल्याउने एबं अनुशासित र जेहेन्दारलाई पुरस्कार वितरण गरिएको बिद्यालयले जनाएको छ ।

यसैबिच साहायता संजाल फाउण्डेशन नेपाल पर्वतका निर्देशक तेजेन्द्र अधिकारीले बिद्यालयलाई स्टेचन आधुनिक पाल लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद आचार्यको अध्यक्षता, प्रअ मुकुन्द प्रसाद आचार्यको स्वागत मन्तब्य र सहायक प्रअ लक्ष्मी प्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *