अपराध न्यूनिकरणका लागी सामुदायिक सेवा केन्द्रको समन्वयमा प्रहरीको १५ दिने विशेष अभियान !

कोपिला कंडेल, बागलुङ २०७५ असार १ । जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले बिशेष अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी समाजमा हुने गरेका अपराध र अपराध जन्य क्रियाकलापको न्युनिकरणका लागि सामुदायिक सेवा सामुदायिक प्रहरी सेवाकेन्द्रसंगको समन्वयमा प्रहरीले यो अभियान शुरु गर्न लागेको जानकारी दिईएको हो ।

पहिलो चरणमा बागलुङ नगरपालिकाका सबै वडामा अभियान संचालन हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । गाउंँघरमा हुने बिभिन्न अपराधिक क्रियाकलाप बाटोघाटो, शान्ति सुरक्षा लगायत समुदायमा भए गरेका बिभिन्न गतिबिधी बारे जानकारी लिई शान्ति सुरक्षालाई चुस्त दुरुस्त गराउने उद्देश्यले अभियान संचालन गर्न लागेको उनको भनाई थियो ।

जिल्ला स्थित सबै नगर तथा गाउंपालिका हुदै वडा स्तरका जनप्रतिनिधी नागरिक समाज, बुद्धिजिवी समाजसेवी पत्रकार लगायत स्थानिय सरोकारवाला संंग सहकार्य र समन्वय गरेर समाजमा हुने गरेका महिला हिसां, बालबालिकाको अवस्था, र्दुब्यसनी, लगायतका क्रियाकलाप बारे तथ्याङ्क संकलन गरी समस्या समाधान तर्फ लाग्ने एबं जनसमुदायमा चेतना फैलाउने लगायतका कार्यक्रम संचालन गरिने प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रको बिशेष सक्रियतामा संचालन हुने कार्यक्रममा अपुग जनशक्ति जिल्ला प्रहरी कार्यालयबाट खटिने बताईएको छ । यो अभियान असार २५ गते सम्म संचालन हुने प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रहरी र नागरिक बिच पुलको काम गर्ने उद्देश्यले अभियान संचालन गर्न लागेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विश्वराज सिँह थापाले असार १० गते सम्म सम्पूर्ण तयारी ११ गते देखी १५ दिने अभियान सन्चालन गरिने बताए ।

यसैबिच प्रहरी उपरीक्षक दीपक रेग्मीले रुपा गौतम हत्याकाण्डका दोषीलाई पत्ता लगाएरै छाड्ने बताए ।

अन्तरक्रियामा सहभागीहरुले राखेको प्रश्नको जवाफ दिदै उनले गौतम हत्या काण्ड लुकाउनुपर्ने कुनै अवस्था नरहेको तर अनुसन्धान अझै बाँकी रहेकाले सार्वजनिक गर्न केही समय लाग्ने बताए । गौतम हत्या काण्डबारे केही समय पछि नतिजा निस्कने उनको दाबी थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *