ढोरपाटन-बुर्तिबाङ सेवा समाज कतारबाट प्राप्त सहयोग रकम क्यान्सर पीडितलाई हस्तान्तरण

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७५ असार १ । ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारको सहयोगमा तमानखोला गाउँपालिका वडा नं. २ सिलगुम निवासी फोक्साको क्यान्सरबाट पीडित १६ वर्षिया लिलुमाया वि.क.लाई आज एक कार्यक्रमका बीच राहत रकम रु. १० हजार हस्तान्तरण गरिएको छ ।

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा काम गर्ने यस क्षेत्रबासीहरुको आर्थिक संकलनमा ढोरपाटन बुर्तिबाङ सेवा समाजले पीडितालाई उक्त राहत रकम हस्तान्तरण गरेको हो । फोक्साको क्यान्सर पीडित लिलुमाया वि.क. पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि विभिन्न समस्याहरु भोग्नु परेको समाचार थाहा पाएपछि समाजले आर्थिक संकलन गरि थोरै भएपनि राहत रकम पठाएको समाजका अध्यक्ष दुर्गा थापाले कतारबाट फोनमा जानाकारी गराए । उनले समाजले स्थापना कालदेखि नै बाढीपहिरो पीडित, भुकम्प पीडित, अग्नी पीडित, दैवी प्रकोप लगायत आर्थिक अवस्थाका कमजोर भएका कारण उपचार पाउन नसकेका गम्भीर खालका रोगीहरुको जीवन वचाउ अभियानमा समेत निरन्तर राहत रकम सहयोग गर्दै आएको र मानव सेवामा लागेको बताए ।

क्यान्सर पीडित वि.क. केही महिना पहिलेदेखि फोक्सोको क्यान्सरबाट पीडित भएपछि प्रवास मेडिकल कलेज पाल्पामा उपचार गराइरहेको र अप्रेसन समेत भएको उनका पीता पिता झक बहादुर वि.क.ले बताए । साथै उनले छोरीको उपाचारको लागि अहिलेसम्म २ लाख ३० हजार खर्च भइसकेको जानकारी दिए । अस्पतालले अहिले पनि निरन्तर चेक जाँचको लागि सल्लाह दिएको बताइएको छ । पीडित वि.क.लाई अहिलेसम्म स्थानीय आमा समूहले ४ हजार, दलित संजाल तमानखोलाले २ हजार र तमानखोला २ सिल्गुम निवासी हाल कतारमा कार्यरत मोती वि.क.को आर्थिक संकलन र सहयोगमा ३१ हजार राहत रकम प्राप्त भएको परिवारले जानाकारी दिएको छ ।

सामुदायिक रेडियो परिवर्तनको संयोजनमा सम्पन्न उक्त राहत रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारका प्रतिनिधि निम बहादुर सिर्पाली, रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार, स्टेशन म्यानेजर राम सुवेदी, क्यान्सर पीडित लिलुमाया वि.क.का पिता झक बहादुर वि.क., स्थानीय लालदेवी रसाइली लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *