भानु माध्यमिक बिद्यालय ग्वालिचौरमा आज देखि विद्युतीय हाजिरी शुरु !

दिनेश शर्मा, बडीगाड २०७५ असार १ । बडीगाड गाउँपालिका ५, साविक ग्वालिचौर गाविसको भानु माध्यमिक बिद्यालय टारीमा बिद्युतीय हाजिरी शुरु गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष अर्जुन प्रसाद खरेलले स्विच थिचेर तथा प्रअ केशव खरेलले पहिलोपटक हाजिर गरेर बिद्युतीय हाजिर प्रणलीको उदघाटन गरेका हुन् ।

विद्यालयले सीसी क्यामरा, टाईम कार्ड समेतको प्रयोग गर्दै विद्यालयको गुणस्तर वृद्धिमा बिशेष पहल गरिरहेको प्रधानाध्यापक केशव खरेलले ईबागलुङलाई बताए ।

भानु माध्यमिक विद्यालयमा हाल ५ सय ७४ विद्यार्थी र शिक्षक कर्मचारी २८ जना रहेको शिक्षक कृष्ण भट्टराईले जानकारी दिए । जिल्लाको पश्चिम क्षेत्रमा ई हाजिरी गर्ने भानु माबि पहिलो भएको बताईएको छ तर बडीगाड गाउपालिकाकामा भने ई हाजिरी केहि समय पहिलेदेखी सुरु गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *