अर्गल दुर्घटनामा मृत्यु भएका वडा सदस्य घिमिरे प्रति गाउ कार्यपालिकाव्दारा शोक प्रकट !

पूर्ण भद्र निउरे, ताराखोला २०७५ असार १ । ताराखोला गाउँ कार्यपालिकाको बैठकले गाडी दुर्घटनामा ज्यान गुमाएका वडा न ३ का वडा सदस्य हेमन्त घिमिरेको निधन प्रती गहिरो शोक प्रकट गरेको छ। आज बिहान सम्पन्न बैठकले मृत आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिका भरीका सम्पूर्ण शिक्षण संस्थाहरुले प्रथना समयमा मौन धारण गराउने , वडा न ३ को कार्यालयमा शोक पुस्तिका राख्ने , मृतकको दाह सस्कार स्थलमा गाउपलिकाका सम्पूर्ण जनप्रतिनिधि उपस्थित भै श्रदान्जली कार्यक्रम गर्ने र गाउपालिका तथा सम्पूर्ण वडा कार्यालय र स्वास्थ सस्थाहरुमा शोकसभाको आयोजना गर्ने निर्णय भएको ताराखोला गाउपालिकाका प्रबक्ता जित बहादुर खत्रीले जानकारी गराए ।

यसै गरि दुर्घटनाको क्रममा घाइतेको उद्धार र मृतकको पोस्टमार्टकसम्मको क्रममा भएको सम्पूर्ण यातायात खर्च गाउपालिकाको कार्यालयले व्यहोर्ने निर्णय गरेको छ ।

गाउपालिकाको कार्यालयले दुर्घटनाको क्रममा घाइतेको उद्धमर कम खट्ने सुरक्षा कर्मी , जनप्रतिनिधि ,संघ सस्था , सन्चारकर्मी , स्थानीयबासी लगायतमा धन्यवाद समेत ब्यक्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *