बागलुङमा जेष्ठ नागरिक दुर्ब्यबहार बिरुद्ध तेह्रौँ विश्व सचेतना दिवस सम्पन्न !

कुसुम थिङ, बागलुङ २०७५ असार १ । आज जुन १५ अर्थात असार १ गते बागलुङ सदरमुकाममा जेष्ठनागरिक दुर्ब्यबहार दुर्ब्यबहार बिरुद्ध तेह्रौँ विश्व सचेतना दिवस मनाईएको छ ।

जेष्ठ नागरिक जिल्ला संघ बागलुङको आव्हानमास्थानीय राधाकृष्ण मन्दिरमा भेला भएका, प्रजिअ बेदप्रसाद खरेल लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधी एवं जेष्ठ नागरिकहरुको जुलुसले नगरपरिक्रमा गरी पुन रात्राकृष्ण मन्दिरमा फर्किएपछी आमसभामा परिणत भएको थियो ।

प्रमुख अतिथी एवं प्रजिअ खरेलले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उदघाटन गर्दै जेष्ठ नागरिकहरुको हकहित र सुविधाका लागि विभिन्न सरकारी निकायहरु संघसंस्थाहरु आम नागरिक सजग र क्रियाशील रहनु पर्ने बताए ।

प्रजिअ खरेलले जेष्ठ नागरिकहरुको हक हित र अधिकारका लागिी आफु हरदम प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष काजी रोशनको सभापतित्वमा भएको कार्यक्रममा धौलागिरी अन्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्ड सागर राजभण्डारी, जेष्ठ नागरिक कविन्द्र प्रसाद सापकोटा, महिला बिकास अधिकृत दिलकुमारी शर्माले मन्तव्य दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र रेग्मीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत भाषण संघका उपाध्यक्ष रमेश कुमार राजभण्डारी तथा सन्चालन संघका सचिव हरिप्रसाद उपाध्यायले गरेका थिए ।

तस्वीर सोजन्य अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *