दमौलीमा महाशिवरात्रिका अवसरमा शिवध्वजारोहण कार्यक्रम सम्पन्न !

दमौली, २०७३ फागुन १३ । महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा आज विहान ओम् शान्ति भवनमा आयोजित शिवध्वजारोहण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक उमेशराज जोशी, नेपाली कांग्रेसका सभापति बैकुण्ठ न्यौपाने, राजयोग केन्द्र दमौलीकी संचालिका ब्रह्माकुमारी यमुना लगाएतका महानुभावहरुव्दारा संयुक्त रुपमा केक एवं शिवको ध्वज लहराएर उद्घाटन गरिएको छ ।

सो अवसरमा शिवरात्रिको आध्यात्मिक रहस्यको बारेमा प्रवचन गर्दै ब्रह्माकुमारी यमुनाले वास्तवमा स्वयंको मनको अन्धकारलाई आध्यात्मिक एवं राजयोगको अभ्यासव्दारा हटाउनु नै सच्चा जाग्रण भएको बताईन् ।

शुभ कामना मन्तव्य व्यक्त गर्नु हुदै प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले समाजमा रहेको अन्धविश्वासहरुलाई हटाउनको लागि हामी सवै सचेत हुनु पर्ने बताएका थिए ।

कार्यक्रमको संचालन राजयोग प्रशिक्षिक ब्रह्माकुमार राजु खड्काले गरेका थिए । कार्यक्रममा धेरै सहभागीहरुले नशालु पर्दाथहरु छोडेने प्रतिज्ञा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.