ढोनपा- ३ को आयोजनामा कृषकलाई चल्ला बितरण कार्यक्रम सम्पन्न !

योगेन्द्र विश्वकर्मा बुर्तिवाङ २०७५ जेठ ३१ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ मा रहेको मौरीभीर कृषक समुहले आज समुहका सदस्यलाई कोयलर जातको चल्ला बितरण गरेको छ। कृषकलाई आयमुलक क्षेत्रमा आर्कसित गर्ने उद्देश्यले आर्थिक बर्ष २०७४÷०७५को बिनियोजित रकम मँध्येबाट ढोरपाटन नगरपालिका वडा नम्बर ३ मा रहेको मौरीभीर कृषक समुहमा रहेका १८ जना कृषकलाई प्रती किसान २० वटाको दरले चल्ला बितरण गरिएको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिले जानकारी दिए ।

ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख खुमानन्द पोख्रेलले चल्लालाई कसरी बचाउन सकिन्छ रोग लागेमा कुन औषधी प्रयोग गर्ने भन्ने बिषयमा कृषकलाई जानकारी गराउदै औषधि बितरण गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घति मौरी भिर कृषक समुुुुुहका अध्यक्ष केशर छन्त्याल कृषि कायालयका सारिता पौड्याल कुखुरा पालन कृषक लगाएतको उपस्थिती रहेको थियो ।

केहि दिनमानै सोहि समुको ७ जना कृषकलाई बाख्रा बितरण कार्यक्रम रहेको मौरीभिर कृषक समुहका अध्यक्ष केशर छन्त्यालले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *