समाचार प्रभाव : मनोज बचाउ अभिायनको दुई हप्ता मै ५ लाख संकलन !

प्रेम सुनार, गुल्मी, २०७५ जेठ ३० । दुवै मृगौला फेल भई यस.ईबागलुङ डटकम मार्फत सवै संग सहयोगको अपिल गरेका हात रेसुङ्गा नगरपालिका–२, वाँझी पोखराका मनोज बिकको दुई हप्ता मै झण्डै ५ लाख रकम संकलन भएको छ । मनोज बचाउ अभियानका क्रममा स्वदेश र विदेश गरी उक्त रकम संकलन भएको हो ।

मनोज बचाउ अभियानका संयोजक तथा रेसुङ्गा नगरपालिकाका वडाध्यक्ष उदयबहादुर थापाले आज एक समारोहका विच ३ लाख ६ हजार रुपैयाँ संकलन गरी मनोजका आफन्त देवबहादुर बिकलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै युएई दुवईमा कार्यरत रुरु–२, ग्वादीका वावुराम गोतामे सुनार , सोही वडा वलेटक्सार घर भई नाईजेरियामा रहेका गोपाल विसी र वलेटक्सार घर भई काठमाण्डौमा कार्यरत यमबहादुर बिकले सामाजिक संञ्जाल मार्फत विश्वभर छेडेको मनोज बचाउ अभियानले एक हप्ता मै १ लाख ५१ हजार २ सय ७९ रुपैयाँ स्रकलन गेको जानकारी प्राप्त भएको छ ।

दुवईबाट फोन मार्फत सुनारले उक्त रकम संकलन भएको सहयोग संकलन कार्य तिव्र रुपमा अगाडी बढेको जानकारी दिएका हुन । उनले अन्तिममा सम्पुर्ण सहयोगदाताको विवरण सञ्चार माध्यमबाट सार्वाजानिक गर्ने बताउँदै सहयोगका लागि सवै संग अपिल गरेका छन् । त्यस्तै स्वदेशका विभिन्न शहर र विदेशका अन्य मुलुकबाट पनि अभियान छेडिएको छ ।

स्वदेशमा मनोज बचाउ अभियानका संयोजक वडाध्यक्ष उदयबहादुर थापाले सवैलाई कृतज्ञता जाहेर गर्दै थप दानविरहरुले मनोजका जिवन रक्षा गरी दिन विनम्र अनुरोध गरेका छन् ।

एउटै वडामा जनप्रतिनिधीले उठाए ७५ हजार बढि

रेसुङ्गा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष थापा सहित त्यहाँका जनप्रतिनिधीले वडा स्तरमा मनोज बचाउ अभियान चलाउँदा ७५ हजार भन्दा बढि रकम उठाउन सफल भएका छन् ।

वडाध्यक्ष थापा, वडा सदस्य शेरबहादु बिक, वडा सदस्यहरु गंगा देवि थापा, नारायणी बिक केसी , अगुवा महिलाहरु तारा खनाल, शारदा बिष्ट, रुपा थापा सिता बिश्वकर्मा, प्रमिला विक, धनकला थापा , तककुमारी पन्थी लगायतका महिलाहरुले ७५ हजार ३ सय ८६ रुपैयाँ संकलन गरी मनोजका परिवारलाई बुझाएका हुन ।

आमालाई वचाउन विदेश गएको छोराकै मृगौला फेल

मनोजकी आमा मैयाँ बिकको दुवै मृगौला फेल भएको उनको भन्दा पहिल्लै हो । आमाको मृगौला फेर्न सकिन्छ कि भनेर २ लाख ऋण काढेर विदेश पुगेका मनोज आफ्नै मृगौला फेल भई गएको १० महिना मै विदेशबाट फर्किनु परेको थियो ।

आमा भक्कानिदै भन्छिन –‘मलाई बचाउन भन्दै विदेश पुगेको छोरा कै मृगौला फेल भई जिवन मरणको दोसाँधमा प¥यो भने अव म बरु मरुँला मेरो छोरा बचाई दिए सवैको जयजय हुने थियो ।’

वडाध्यक्ष थापाले भन्छन– यस्तो होचो त्यही घोचो भने झै एकै घरका आमा छोरा कै मृगौला फेल, यस्तो कहाली लाग्दो अवस्था देख्दा मुटु चिरिएको छ हामी वडावासीको ।’

तस्वीरः रकम हस्तान्तरण गर्दै अ वडाध्यक्ष थापा र रुदै जिवन रक्षाको दुहाई माग्दै पिडित आमा छोरा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *