उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगम टोलीव्दारा बुर्तिबाङ बजारको छड्के अनुगमन !

सुमन सुनार, बुर्तिवाङ २०७५ ३० । ढोरपाटन नगरपालिका उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगम टोलीले आज बुर्तिबाङ बजारको छड्के अनुगमन गरेको छ ।

बुर्तिबाङ बजारका पसलहरुमा व्यवसायिक दर्ता र पान नं., मुल्य सुची, खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायत ब्यापारिक क्रियाकलापको बारेमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बुर्तिबाङ बजारका अधिकांश पसलहरुमा मुल्य सुचि टाँस नगरिएको, म्याद समाप्त भएको खाद्यबस्तुहरु तथा अन्य समाग्रीहरु विक्रि वितरण गरेको भेटिएको र त्यस्ता सामाग्रीहरुलाई तिन दिन भित्र नष्ट गर्न ब्यवसायीहरुलाई सुझाव दिईएको बजार अनुगमन टोलीका संयोजक तथा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुन मगरले जानकारी दिईन् ।

कतिपय साना तथा ठुला पसलहरु व्यबससायीक दर्ता र पाना नंम्बर नराखी संञ्चालन गरिएको, मुल्य सुचि नराखिएको पनि पाईएको उप–प्रमुख पुनले बताईन् ।

त्यस्ता ब्यवसायीहरुलाई १ हप्ता भित्र नगरपालिकामा ब्यवसाय दर्ता गरि प्रमाणपत्र लिन आग्रह गरिएको छ । यस्तै साईनबोर्ड, विक्रि कक्षमा मुल्य सुचि अनिवार्य राख्न पनि सुझाव दिईएको छ । पहिलो चरणको अनुगमनका क्रममा ब्यवसायीलाई सुझाब सहित सचेत गराईको र पुनः यस्तो क्रियाकलाप भए गरेको पाईएमा ब्यवसायी उपर कानुनी कारवाही गरिने पुनको भनाई थियो ।

अनुगमनको क्रममा बुर्तिबाङ बजारका साना–ठूला पसल, होटल, लज÷ रेष्टुरेन्ट÷ खाजाघर, दुग्ध डेरी, हार्डवेयर, फ्रेसहाउस, सुनचाँदी पसल र किराँना पसलका सामाग्रीहरु निरिक्षण गरिएको थियो ।

अनुगमन टोलीमा बजार अनुगमन टोलीका संयोजक तथा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख पुन सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेल, शाखा अधिकृत राम प्रसाद आचार्य, एकिकृत सेवा केन्द्र बुर्तिबाङका नायब सुब्बा लोक बहादुर कुँवर, बागलुङ उद्योग बाणिज्य संघ ईकाई समिति बुर्तिबाङका सल्लाहकार ढालेन्द्र छन्त्याल लगायत ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी, स्थानिय सञ्चार माध्यमका सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

आज बुर्तिबाङका दुई दर्जन भन्दा बढि पसलहरुको अनुगमन गरिएको छ भने बाँकी रहेका पसलहरुको भोलि अनुगमन गरिने उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगम टोलीले जनाएको छ ।

बस्तु वा सेवाको दर्ता, आपुर्ती, मुल्य, गुणस्तर, नापतौल लगायतका ब्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन समितिले बजार अनुगमलाई तिब्रता दिने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *