स्वर्गीय श्रीमान संग फोनमा बोल्छिन उनी, भन्छिन यो नानी उनकै हो !

प्रेम सुनार, गुल्मी, २०७३ फागुन १३ । उनको मन मस्तिष्कमा अहिले पनि उनका श्रीमान जीवितै छन् । चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो ।

अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन । काज किरियाको कुनो भित्रैबाट पति वियोगको पीडाले मानसिक सन्तुलन गुमाउने महिला विरलै होलान् । ती विरलै मध्येकी एक हुन् गुल्मी भनभने गाविस वडा नम्वर १ की २८ वर्षिया कमली बिक ।

उनी १८ वर्षकी हुँदा गुल्मीकै वाग्ला गाविसका वावुराम बिश्वकर्मा संग मागी विवाह भएको थियो । विवाह लगत्तै भारतमा श्रीमान श्रीमती संगै वसे । एक छोरा र एक छोरी पनि जन्मिए । निकै सुखद दाम्पत्य जीवन व्यतित गरी रहेको वेला उनका श्रीमान वावुरामको २०७० सालमा सडक दुर्घटनामा परी भारतमा मृत्यु भएको थियो । तर उनलाई पत्यार लागेन ।

श्रीमानको मृत्युमा एक थोपा आँशु नखसाएकी कमलीलाई काज किरियामा वसेको पनि होस् भएन् । ८ दिनका दिन कसैले उनको श्रीमानको केहि वेर स्मरण के गरेका थिए , उनी हाँस्ने चिच्चाउने गर्दा गर्दै मानसिक सन्तुलन गुमाईन ।

उनकी आमा बुद्ध बिक भन्छिन–‘त्यस पछि उनलाई माईती घरमा ल्या्एर राखिएको हो । माईती घरमा ल्याए पनि उनी धेरै जसो छिमेकी गाउँ पुर्कोटदह वजार तर्फ धेरै जसो जाने गर्थिन् । त्यस क्रमा उनलाई कसले वलात्कार ग-यो र उनले गर्भधारण गरिन भन्ने कुरा कसैलाई थाह छैन । उनि आफैलाई पनि थाह छैन् । उनले गत कार्तिक महिनामा छोरी जन्माएकी थिईन् ।’

ती छोरी कसकी हुन भनेर सोध्दा उनले लजाउँदै भन्छिन–‘कसको हुनु नि मेरै श्रीमानको हो ।’ ती छोरीलाई कसैको काँखमा जान दिदै दिदैनिन् । हरवखत आफ्नै काँखमा राख्दै र चुम्दै गर्ने उनले हरवखत श्रीमान संग एकहोरो गफ गर्ने गरेको उनका परिवारजन बताउछन् ।

मोवाईल फोन उनको साथमा छैन तर कुनै ढुङ्गा वा काठको टुक्रालाई फोन बनाउँदै कानमा राखेर मोवाईलमा श्रीमान भारतमा छँदा र आफु गाउँमा हुँदा जसरी कुरा गर्दथिन त्यसरी नै कुराकानी गर्नु नै उनको दिन कटाउने माध्यम बनेको उनकी वहिनी बताउछिन् ।

हरवखत उनको मन–मस्तिष्कमा श्रीमान रहनुले उनलाई जो जसले करणी ग¥यो त्यसलाई पनि उनै श्रीमान नै ठानेको हुन सक्ने स्थानियले अडकल काट्ने गरेका छन् ।

स्थानियले त्यस्तो अडकल काटे पनि उनलाई करणी गर्ने व्यक्तिको पहिचान अहिले सम्म खुल नसेके पछि ती सन्तान वेवरिसे बन्न पुगेकी छिन् । मृत्यु भएका श्रीमान तर्फ ८ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

कानमा राख्ने मोवाईल फोन आकृतिको काठ ढुङ्गा कति वेला ला वुवा संग वोल भन्दै छोरा छोरीलाई दिएको वखत परिवारजन भावुक बन्ने गरेको बताउँ छन् । अकल्पनीय रुपमा सडक दुर्घनामा परी मृत्यु भएका उनका श्रीमान प्रति उनको कति मायाँ र कलेस रहेछ भन्ने कुरा मानसिक सन्तुलन विग्रे पनि मोवाईल फोन कुराकारीले स्पष्ट पारेको छ । उनको घर अलिमाथी भनभने ८ टिमुर्खर्कमा चन्दा मागेर छोरीले आमाको काज किरिया गरी रहेको स्थलगत रिर्पोट लिन जाँदा तल ती युवतीको अवस्था त्यतिकै दर्दनाक थियो ।

फोनरुपी ढुङ्गा काठ कानमा लगाएर मृत्यु भएका श्रीमानलाई न ढाँट्नु के छिटो आउनु कस्तो अस्याट ला’छ भन्दा अहिले चर्चामा आएको गीत सुन साईली , प्रदेशबाट म आउँला चालिस कटेसी रमाउँला बोलको गीत यसरी गुनगुनाउन मन लाग्छ सुन साईली सुन साईली अर्को जुनी भेटौला , फेरी त्यसरी नै रमाउँला ………सुन साईली दियोमा तेल हुुरुरु , मलाई सम्झी नरुनु………….

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.