ठकुरी सहयोग संञ्जाल युएईद्वारा एञ्जिला शाहलाई आर्थिक सहयोग

प्रकाश ढकाल युएई, २०७५ जेठ २९ । रोजगारीका शिलशिलामा युएई पुगेका ठकुरीहरु मिलेर स्थापनागरेको सामाजिक संस्था ठकुरी सहयोग संञ्जाल युएईले क्यान्सर पिडित एञ्जिला शाह लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

ठकुरी सहयोग संजाल युएईले बर्दिया निवासी क्यान्सर पिडित अोम ब्रिकम शाहकी छोरी एन्जिला शाहलाई उपचारको लागि युएईमा सहयोग अभियान नै एक महिना चलाएका थियो।उक्त अभियान बाट नेपाली रु. एक लाख असी हजार(१,८०,००० ) संकलन भएको थियो| यसरि संकलन भएको रकम पिडितलाई नेपाल पठाईएको थियो ।

ठकुरी सहयोग संजाल युएई परिवारले मिति 2018/06/08 तारिक दिनमा अार्थिक समीक्षा गरि सम्मान कार्यक्रम राखेर प्रत्येक सहयोगी व्यक्तिहरुलाई ठकुरी सहयोग संजाल युएई ले प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।

कार्यक्रमअध्यक्ष भिम मल्ल ठकुरी ज्यु को अध्यक्षतामा बसी हार्दिक नमन हृदय देखि धन्यवाद प्रकट गर्दै गरेका थिए । सँस्थाका बरिस्ठ उपाध्यक्ष दिपक शाही ठकुरी लगाएत केन्द्रीय सल्लाहकार युएईका संरक्षक नरेश सेन ठकुरीको पनि सहभागिता रहेको उक्त कार्यक्रम मा जम्मा संकलन रकम हस्तान्तरण गर्दै केन्द्रलाई पिडित सामु पुर्याउन सँस्थाका अध्यक्षले खबर गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *