हटियामा योजनाको छनोट तथा बजेटिङ सम्बन्धी तालीम सम्पन्न

घनश्याम गौतम, गल्कोट २०७५ जेठ २८ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा योजनाको छनोट तथा बजेटिङ सम्बन्धी २ दिने तालीम आज हटियामा सम्पन्न भएको छ ।

बागलुङ जिल्लाका नगरपालिका र गाउपालिकालाई लक्षित गरी सञ्चालन गरिएको तालीम अन्तरगत ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका केन्दीत गरिे हटियामा सम्पन्न भएको हो ।

ताराखोला गाँउपालीका र गल्कोट नगरपालिकाका प्रमुख तथा उपप्रमुख कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र योजना तथा बिषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालीममा बिकास योजनाहरुको अबधारणा, सबैधघानिक एबं कानुनी ब्यबस्था, स्थानिय तहको बार्षिक योजना र बजेटको तर्जुमा, पुर्ब तयारी श्रोत अनुमान तथा बजेट सिमा निर्धारण , स्थानिय तहको बार्षिका योजना र बजेटको तर्जुमा, सामुहीक अभ्यास, बस्तिस्तरका योजनको छनोट र बडा स्तरमा योजना प्राथमिकीकरण, कार्यपालिकाका बिभिन्न समितिहरुमा बजेटबारे छलफल र कार्यपालिका एबं सभाबाट स्बीकृती प्रक्रिया आथिर्क ऐन,बिनियोजित ऐन तथा बजेट सम्बन्धी अनुसूचिहरुके जानकारी एबं अभ्यास, योजना कार्यान्वयन अनुयमन र मुल्याङ्कन सम्बन्धी ब्यबस्था लगाएतको बिषयमा जिल्ला समन्वय समितिको कार्यालय बागलुङका जिल्ला समन्वय अधिकारी भिम बहादुर कुबर र श्रोत ब्यक्ति गीता श्रीसले सहजिकरण गरेका थ्एि ।

कार्यक्रम गाँउपालिका र नगरपालिकालाई सहज रुपमा योजनाहरु प्राथमिमीकरण गर्न तथा बजेटिङ गर्न प्रभाबकारी रुपमा सञ्चालन गर्न तथा अनुगमन तथा मुल्याङकन गरि आगामी योजनाहरुको बिबरण संकलन गरि योजना तर्जुमा गर्न सहजता ल्याउने उद्धेश्यले तालीम सञ्चालन गरेको जिल्ला समन्वय समिति बागलुङले जनाएको छ ।

कार्यक्रममा गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा मगर र ताराखोला गाँउपालीकाकी उपाध्यक्ष दिल कुमारी पुनले कार्यक्रमले ब्यबाहारिक कुराहरुको बारेमा स्पष्ट पारेको भन्दै आयोजक प्रति धन्यबाद दिएका थिए ।

कार्यक्रम जिल्ला समन्यन समिति बागलुङका उपप्रमुख बिष्णु भुषालको अध्यक्षता तथा नायब सुब्बा सस बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *