गुल्मी स्थानिय तहको अनुगमन : मितव्ययितामा नमुना देखियो, चन्द्रकोट र रुरु गाउपालिका !

प्रेम सुनार, गुल्मी २०७५ जेठ २८ । गुल्मीका कतिपय गाउँपालिका अध्यक्षहरुले मासिक सवा लाख सम्मको गाडी चढ्दै हिडिरहेका बेला गुल्मीको एक मात्र गाउँपालिका चन्द्रकोटका अध्यक्ष द्रोणबहादुर खत्री हुन जसले राज्यले निर्वाचन प्रयोजनका लागि भाडामा चलाउन स्वीकृत दिएको गाडी सवै भन्दा पहिला फिर्ता गरेका थिए ।

अरुले त्यस यता पनि नियमित गाडी चढि रहेका छन् । त्यस्ता अध्यक्षहरु मध्ये कतिपयले घरायासी प्रयोजन समेत गरेको पाईएको छ । यहाँ सम्मकी विवाहमा जन्ती देखि मलामी जान समेत गाडी प्रयोग भएका छन् । तर चन्द्रकोट गाउँपालिका खध्यक्ष खत्रीले अनुगमन लगायत अलि ठुलो संख्यामा गाउँपालिका भित्र र सदरमुकाम आउन परे मात्र सीमित समयका लागि भाडामा गाडी लिने गरेका छन । अन्यथा आफु मात्रै हिड्नु प¥यो भने उनि वसमा आवत जावत गर्ने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी भन्छन् उहाँ त वुटवलको बैठकमा समेत लोकल वसमा जानु हुन्छ । मैले पनि गाडी छाडेको उति वेलै हो, उनले भने साविकको वडा सचिवलाई दिएको मोटर साईकल चढ्ने गरेको छु ।

अध्यक्ष खत्री संग सम्पर्क राख्दा उनले भने–‘ असार २१ गते हामीले सपथ लिएका थियौ, त्ययसको अर्को दिन मैले गाडी जिल्लामा पठाएको थिएँ । मितव्ययिताका लागि हामीले कम भन्दा कम खर्चको विकल्प खोज्दै अगाडी बढेका छौं ।’

उनले थपे–‘अन्यत्र भ्रमणका खर्चहरु पनि निकै आएका छन् तर हामीले भम्रण भत्ता कसैले पनि एक पैसा खाएका छैनौ । अतिथी सत्कार जस्ता भोज भतेर, फर्निचर, कार्यलय सञ्चालनको घरभाडा यावत व्यवस्थापनमा हामीले मितव्ययिता अपनाएका छौ । जनताको समृद्धिका लागि आएको राज्यको वजेटमा हामी जनप्रतिनिधी र कर्मचारी कसैलाई पनि विलासी हुन दिने छैनौं ।’

उनका अनुसार गत ११ महिनाको अन्तरालमा बैठक लगायतका भत्ता वापत करिव ४ लाख खर्च भएको छ भने ईन्धन खर्च करिव ३ लाख भएको छ । हामीले यस अघि उठान गरी सकेका छौ कि ईन्धन खर्च चन्द्रकोटको दोव्वर गुल्मी दरवारमा भएको छ भने बैठक भत्ता तेव्वर भएको छ ।
उता रुरु गाउँपालिका अध्यक्ष नीलकण्ठ गौतमले पनि चैत महिना देखि भाडाको गाडी फिर्ता गरेर घर देखि गाउँपालिका सम्म करिव ७ किलो मिटर दुरीमा पर्ने घर थोर्गाबाट मोटर बाटो सम्म हिडेर आउँछन र लोकल वस कुरेर बस्छन् ।

‘केहिले काँही चिनेजानेका मोटर साईकहरुले लिफ्ट दिन्छन उनले भने धेरै जसो समय लोकल बस मै आवत जावत गर्ने गरेको छु ।’

मासिक ८७ हजार भाडा तिरेर हिड्दा खर्च बढेको पाएँ, गाडी नभई नहुने कुरा त हो तर दुरुपयोग भएको पनि पाएँ त्यसैले फिर्ता गरेको हो , तर अव असार लाग्नै लागेकोले अनुगमनका लागि एक महिना मात्र भाडामा लिन बाध्य छौं । अघि पछि चढिन्न । ’

उनले थपे ‘हामी आफु बन्न र विलासी जीवन विताउन राजनीति गरेको होईन विशुद्ध जनताको सेवा गर्न हो’– अध्यक्ष गौतमले भने–‘ कम भन्दा कम खर्चमा जनतालाई सेवा दिने हो , हामी सवै टिम यस कुरामा एकमत छौं । ’ उपाध्यक्ष लक्ष्मीदेवी पन्त पनि घरबाट हिडेर कार्यालय आउँछिन् । अनुगमन समितिकी अध्यक्ष रहेकी उनी सम्वन्धित वडाको मोटरसाईकल वोलाएर अनुगमनमा जान्छिन् ।

अन्य स्थानिय निकायका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु गाउँपालिकालाई भाडा तिराएर बेग्ला बेग्लै निवास लिएर बसेका छन । तर रुरु गाउँपालिका अध्यक्ष , उपाध्यक्षले आफ्नो बेग्ला बेग्लै निवास बनाएका छैनन् । रुरुकी प्रमुख प्रशासकिय अधिकृत शरलाकुमारी पौड्याल मासिक तिन हजार आफैले भाडा तिरेर साँघुरो कोठामा बस्दै आएकी छन् ।

उनले भनिन–‘ मितव्ययिताका लागि हामीले कार्यालय ब्यवस्थापन देखि हरकुरामा सजग भएका छौं । म आफ्नो जीवनशैलीलाई हिजोको स्कुले जीवनशैली भन्दा माथी बढाउन चाहन्न र त्यसरी नै स्कुले भाई वहिनीहरु झैं साँघुरो कोठामा एउटा सामन्य पलङ्ग मात्रै राखेर बसेकी छु । हामी कर्मचारीहरुले एक पैसा पनि भ्रमण र भत्ता खाएका छैनौं । ’

त्यहाँका सुचना तथा प्रविधि अधिकृत ईश्वरी न्यौपाने भन्छन वडाहरुमा केहिले काँही हामी जानु पर्दा हिडेर जान्छौ र विचबाटोबाट सम्वन्धित वडा कै मोटरसाईकल वोलाएर काम सकेर आउँछौं ।

अन्य कतिपय स्थानिय तहमा कार्यालयको ब्यवस्थापन र सजावट सिंहदरवारमा प्रधानमन्त्रीको कार्यालयलाई समेत पछाडी पार्ने खालको छ । कालिगण्डीकी गाउँपालिका अध्यक्ष वेद थापा मगरको कार्यकक्ष हेर्दा संघिय सरकारको कुनै मन्त्रालय आईयोकी भन्ने भान हुन्छ ।

तर त्यस रुरु गाउँपालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष सामन्य छ । उता चन्द्रकोट गाउँपालिकामा पनि सामन्य छ । हाल सम्म हामीले बुझेका गुल्मीका १२ वटै स्थानिय निकाय मध्ये मितव्ययिताको हकमा चन्द्रकोट र रुरु गाउँपालिका नमुना छ ।

अन्य कुरा भने खोजी कार्य जारी छ । हामी स्थानिय तहका राम्रो नराम्रो दुवै कार्यको अनुगमनमा छौं । कतै राम्रो वा नराम्रो जे छ सर्वसाधरणहरुले समेत हामीलाई सुचित गर्दै जानुहोला ।

तस्वीर टोपी लगाउने रुरुका अध्यक्ष र नलगाएका चन्द्रकोटका अध्यक्ष हुन् ।

उचझ कगलबच
डस्ज्ञछ ब्ः ९घ जयगचक बनय०

तय बमmष्ल, ब्बचतजष्प, ब्लष्कज, बलष्।िपजबतचष्ज्ञठद्द, ष्लाय, चबmभकज, चभकगलनबतयमबथज्ञद्दघ, च्बमष्य, च्बमष्य, दष्जबलष्।अय, लभधकदगममजब, लभधकमभखमबजबतख, गलष्त्रगभाm, क्बवजब, च्बतय

द्द ब्ततबअजmभलतक

ऋष्अिप जभचभ तय च्भउथि, च्भउथि तय बिि, यच ँयचधबचम
ज्ञद्द।ढ न्द्य ९डछ५० या ज्ञछ न्द्य गकभम
ःबलबनभ
त्भचmक ( एचष्खबअथ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *