नवागत प्रबउ गुरुङको ब्रह्मकुमारी बागलुङ र बाउबासंघबाट स्वागत !

बागलुङ २०७३ फागुन १३ । श्री ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बागलुङले बिहिवार एक कार्यक्रमको आयोजना गरी नवागत अन्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम गुरुङलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदीले प्रबउ गुरुङलाई इश्वरीय सन्देश एवं उपहार प्रदान गरेकी थिईन् ।

यसैगरी बागलुङ उद्योग वाणिज्य संघले पनि एक स्वागत कार्यक्रमको आयोजना गरी प्रबउ बिक्रम गुरुङको स्वागत गरेको छ । कार्यक्रममा बोल्दै प्रबउ गुरुङले जहा शान्ति सुरक्षा हुन्छ त्यहा व्यवसाय फस्टाउने बताए ।

बाउबासंघले सोहि स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका नवागत प्रमुख रमेश ढकाललाई पनि स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत ढकालले नगरवासीसंग मिलेर काम गर्न तयार रहेका बताएका थिए ।

दुवै नवागत प्रमुखहरुलाई स्वागत गर्दै बाउवासंघका अध्यक्ष जयराम भारीले उद्योग बाणिज्य सँघ र प्रहरी प्रशासन नगरपालिका बिच सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्यले जिल्लामा सरूवा भएर आएका प्रमुखलाई स्वागत गरिएको बताए ।

स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सँघका पुर्ब अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, सल्लाहकार देबबहादुर श्रेष्ठ, होटल ब्यबसायि सघं बागलुङका अध्यक्ष निलेश राजभण्डारी, महिला उद्यमी बिकास समितिका अध्यक्ष भगवती केसीले मन्तब्य ब्यक्त गरेकी थिईन ।

कार्यक्रम सघंका अध्यक्ष भारीको अध्यक्षता र कार्यक्रम अधिकृत युबक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply