नेबिसंघव्दारा जनप्रिय माबि दमेकलाई ११ थान डस्बिन सहयोग प्रदान

कुस्मीसेरा, २०७५ जेठ २८ । नेपाल विद्यार्थी संघ जैमिनी नगरपालिका २ दमेकले जनप्रिय माध्यमिक विद्यालयलाई ११ थान डस्वीन सहयोग गरेको छ । विद्यालयको सरफाईमा सहयोग पु-याउने उदेश्यले डस्वीन सहयोग गरेको संघले जनाएको छ ।

सो अवसरमा वोल्दै नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीकृष्ण पौडेलले विद्यार्थी संघले हरेक विद्यालयमा एक विद्यार्थी एक गमला एक फुल अभियान संचालन गर्ने वनाए। सरकारले व्यवहारिक शिक्षाको आधार तय गर्ने गरी शिक्षा निती वनाउन आवश्य रहेको उनको भनाई थियो ।

नेपाल विद्यार्थी संघ जैमिनी नगरपालिका २ का अध्यक्ष सुशिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य, नेपाली काग्रेस दमेकमा वडा सभापती आनन्द प्रसाद अम्माई , जैमिनी नगरपालिका वडा नम्वर २ का कार्यवाहक वडा अध्यक्ष प्रेम सापकोटा ,नेविसंघ क्षेत्रिय सभापति प्रेम सापकोटा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटा , विद्यालयका प्रअ कृष्ण चालिसे ,मनोज सापकोटा लगाएतले बोलेका िथए ।

नेपाल विद्यार्थी संघ जैमिनी नगरपालीका २ का उपाध्यक्ष जनक सापकोटाले स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव केशव सापकोटाले गरेका थिए । सो अवसरमा विद्यालय परिषरमा सरसफाई गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *