मुल्य बृद्धिको विरुद्ध नेविसंघको सिठ्ठी जुलुस !

बागलुङ २०७५ जेठ २७ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ सरकारको विरोधमा उत्रिएको छ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा संघले आज बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेर बिरोध जनाएको हो ।

सरकारले पेट्रोलियम पदार्थसँगै दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि गरेको भन्दै देशव्यापी रुपमा नेविसंघ विरोधमा उत्रिएको छ । सरकारले अन्तराष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष दिनेश पन्तले बताए ।

नेविसंघलेले आईतबार सवै जिल्लामा मुल्यबृद्धि र कानुनी राज्यको उपहास गरेको भन्दै सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको पन्तले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *