ट्राफिक प्रहरी पोष्ट हटिया व्दारा विश्राम स्थल निर्माण !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ २७ । गल्कोट हटियामा रहेको स्वर्गिय भिमा बस्नेत स्मृति प्रतिक्षालयमा लामो दुरीका सवारी साधनका चालक र यात्रुहरुको लागी बिश्राम स्थल निर्माण गरिएको छ ।

अस्थाई ट्राफिक पोष्ट हटियाले लामो दुरीमा सवारी गर्ने यात्रु र चालकलाई थकानको महसूस हुने हुदाँ दुर्घटना हुन सक्ने भन्दै बिश्राम स्थल निर्माण गरेको हो । बिशेष गरि काठमाडौ, पोखरा, बागलुङ देखि बुर्तिबाङ सम्म आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरि बिश्राम स्थल निर्माण गरिएको ट्राफिक पोष्ट हटियाका प्रहरी जवान कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *