विद्यालयको कोठै गायब गर्नेहरुलाई अब के हुन्छ, जिशिअ सा’ब ?

बागलुङ २०७३ फागुन १३ । बागलुङ सदरमुकाम निकट रहेको तंग्राम गाविस- ७ को मुक्तिनाथ आधारभूत विद्यालयमा, विद्यालयको प्रतिवेदन अनुसार निर्माण गरिएको दुई कोठे भवनमा एक कोठा गायब भएको छ । विद्यालयले आव २०७२/०७३मा सार्वजनिक गरेको प्रतिवेदनमा विद्यालयमा २ कोठे भवन रु २२,२६,२३० को लागतमा निर्माण सम्पन्न भएको उल्लेख गरेको छ,तर स्थानीय अभिभावकहरुले भने विद्यालयमा एक कोठामात्र निर्माण भएको बताए पछी दुई कोठामा एक कोठा हराएको रहस्य बाहिर आएको हो ।

दुईटा कोठा निर्माण गरेको प्रतिवेदन दिने विद्यालय (प्रधानाध्यापक) र योजनाको स्थलगत निरीक्षण नै नगरी रकम निकासा दिने जिल्ला शिक्षा कार्यालय बागलुङ दुबैको संलग्नतामा विद्यालयको एउटा कोठा गायब पार्ने काम भएको स्थानीय अभिभावकहरुको आरोप छ ।

कहिँ नहुने यस्तो घटना बागलुङमा घटेको छ । घटनाको दुर्गन्ध पैmलिएपछी मुक्तिनाथ आधारभूत विद्यालयका प्रअ भैरबबहादुर थापाले कमजोरी भएको स्वीकार गर्दै अर्को कोठा तत्काल निर्माण गर्ने बताएका छन् भने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले विनियोजित बजेट सम्वन्धमा सोधपुछ गर्ने र स्थलगत निरीक्षणगर्न प्रविधिक पठाएको जनाएका छन् ।

स्मरणीय छ, जिल्ला शिक्षा कार्यालय बागलुङले दुई कोठे भवन निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.