आगामी वर्ष, बाह्रै महिना गाडी चल्नेगरी सालझण्डी-ढोरपाटन सडक निर्माण गर्ने प्रतिवद्धता !

योगेन्द्र बिश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ २७ । ढोरपाटन नगरपालिकाले आज सालझण्डी सन्धीखर्क ढोरपाटन सडक आयोजना प्रमुख होम बहादुर एसीलाई स्वगत गेरको छ ।

ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपाली लगायत वडा अध्यक्षहरु चित्र बहादुर भण्डारी, युवराज महत, हेमेन्द्र घर्ती र तिलक पुनले आयोजना प्रमुख एसीलाई अबिर र खादालगाई स्वागत एवम् सम्मान गरेका थिए।

स्वागत पछि बोल्दै आयोजना प्रमुख होमबहादुर एसीले नेपालको साना नमुना सहर मध्येको बुर्तिबाङ बजार पनि भएकोले नमुना सहर बनाउनको लागि बाटो आबश्यक पुर्वाधार भएकोहुदा यसलाई सफल बनाउनको लागि बिशेष स्थानिय प्रतिधिहरुले पनि साथ दिनेमा आफुहरु ढुक्क भएको बताए ।

आफुहरुले काम गर्नेक्रममा स्थानिय जनप्रतिनिधीसँग सहकार्य गरेर काम गर्ने बताउदै आयोजना प्रमुख एसीले बहुबर्षे योजना अन्तरगत पर्ने सालझण्डी सन्धीखर्क ढोरपाटन आयोजनाको काम बिभिन्न ठाँउमा तिब्ररुपमा चलिरहेको जानकारी दिए ।

उनले बुर्तिबाङ देखि ढोरपाटन शिकार आरक्ष सम्म पुग्नको लागि आगामि बषर्, बाह्रै महिना गाडी चल्ने बाटो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख नेपालीले ढोरपाटन, नगरपालिकाको मात्र नभएर ्र यो देशको शान नेपालको एकमात्र शिकार आरक्ष भएकोले बाटोको काम छिडो सम्पन गर्नुपर्नेमा जोड दिए । उनले सडक चाँडो बनेमा पर्यटकहरु बढ्ने बताए ।

कार्यक्रममा सालझण्डी सन्धीखर्क ढोरपाटन सडग आयोजनाका इन्जिनियरहरु समिर झा,अशोक पौड्याल र राजबहादुर रोकायाको पनि सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *