कालोपत्रे गरेको १ महिना नगुग्दै मध्यपहाडी लोकमार्ग बुर्तिबाङ–भिमगिठे सडक खण्डको यो हाल !

डम्मर बुढा मगर, बुर्तिबाङ, २०७५ जेठ २७ । मध्यपहाडी लोकमार्ग अन्तरगतको बुर्तिबाङ–भिमगिठे सडक खण्डको खप्तरीबाङ, खोल्टुबोट तथा त्यस आसपासका स्थानहरुमा आएको भलबाढीले सडक बिगारेर हिलाम्मे बनाएको छ ।

केही समय अगाडी मात्रै कालोपत्रे गरेको सडकमा गत शुक्रबार र शनिबार राति परेको सामान्य वर्षाले सडक माथिदेखि बगाएर ल्याएको भल सडकमा थुप्रिदा यातायाताका साधानहरु ओहोरदोहोर गर्न तथा पदैल यात्रा गर्ने यात्रुहरुलाई समेत सास्ती भएको छ ।

कतिपय स्थानमा सडकको छेउ छेउमा चर्किएको छ । हरेक वर्ष वर्षयामको समयमा बुर्तिबाङदेखि चल्ने यातायातहरुले खेप्दै आएको सास्ती सडकको कालोपत्रे भए पछि सहज हुने ठाने पनि वर्षाको सुरु मै सडकको स्थिती यस्तो हुँदा पुरानै अवस्था जस्तो हुन सक्ने गाडी चालक प्रविन मगरले बताए ।

सडक कालोपत्रे पछि तथा सिन्डिकेटको अन्त्य भए पछि बुर्तिबाङ बजारमा सामान्यदेखि भिआईपी गाडीहरु संचालनमा आएका छन् । यहाँदेखि देशका विभिन्न स्थानहरुमा पुगी रहेका छन् । सामान्य वर्षा हुँदा सडकको स्थिती बिग्रिदा वर्षाको समयमा यातायात संचालनमा अवरोध हुने आशंका गरिएको छ ।

ग्रमिण क्षेत्रमा सडक जोड्ने क्रममा मध्यपहाडी लोकमार्गलाई ध्यानमा राखेर निर्माण कार्यलाई अगाडी बढाएको भए सडकको यसरी बिग्रीँदो स्थिती नआउन स्थानीयको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *