रेसुङ्गा बिमान स्थलबारे काँग्रेस नेता भण्डारीको प्रतिकृयापछि सरोकारवालाहरुबीच वाकयुद्ध शुरु !

प्रेम सुनार, गुल्मी २०७५ जेठ २७ । नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद चन्द्र भण्डारीले हालै परिक्षण उडान भएको रेसुङ्गा विमान स्थलका वारेमा प्रतिकृया दिएका छन् । उनले आफ्नो फेशवुक मार्फत प्रतिकृया दिदै भनेका छन् –‘ विमान स्थल ढिलाई हुनुको कारण सीमित ब्यक्तिले एअरपोपोर्ट निर्माण परियोजनालाई दुहुनो गाई बनाएका कारण ढिलो हुन गएको हो ।

उनले गुल्मीको सिमिचौरमा सानो विमानले परिक्षण गरेकोमा खुशी ब्यक्त गर्दै भनेका छन–‘ २०७० साल सम्म जम्मा २३ लाख विनियोजित भएको थियो । हामी आए पछि सो रकम बढाई करोडौं विनियोजित गरियो । तर गुल्मीमा ठेक्कापट्टा गर्दा वदमासी गरी एकथरी राजनीति गर्ने साथीहरुले एयरपोर्टको नाममा कमाउन थाले ।

पछि कमसल काम गरेको ठहर गरी नेपाल नागरिक उड्यन प्राधिकरणले जरिवाना तिरायो । यो विमान स्थल छिटो नै बन्ने थियो । रकमको अभावले होईन । गुल्मेली जनता परीक्षण उडानबाट खुशी छन अव बेखुशी बनाउनु हुँदैन । घरको कोठामा ठेकेदार पालेर कमसल काम गर्न पाईदैन ।

उनले ब्यङ्ग गर्दै भनेका छन्–‘ नाम पनि, दाम पनि कमसल काम पनि । भ्रष्टचारको छानविन एकदिन हुनेछ । आफ्नो कामको लागि जनता सचेत हुनु पर्छ । उनले ‘घरको कोठामा पालेर’ भन्ने भनाईले त्यस विमान स्थलमा निर्माण कार्यको जिम्मा लिएका नारायणप्रसाद पोखरेललाई ईङ्गित गरेका हुन ।

पोखरेल लामो समय देखि तत्कालिन नेकपा एमालेको पार्टी कार्यालयको भुँई तलामा वस्दै र निर्माण ब्यवसायको कार्यालय सञ्चालन गर्दै आएका छन् । नेता भण्डारीले त्यही कुरालाई ईङ्गित गरेका हुन । उनले पोखरेलको हिजोको आर्थिक अवस्था र आजको आर्थिक अवस्था समेत दाँज्न समेत संकेत गरेका छन् ।
चन्द्र भण्डारी धूर्त हुन : पोखरेल

नेता भणडारीले निर्माण ब्यवसायी पोखरेल माथी लगाएको आरोपका सम्वन्धमा पोखरेलले कडा प्रतिकृया दिए । उनले भने–‘ पहिलो कुरा त चुनावी हारले चेतना समेत गुमाउन खोजी सकेका चन्द्र भण्डारी जस्तासंग जवाफ–सवाल मलाई गर्ने मनै छैन । कुनै ब्यक्तिको नीजि जीवन र उसको ब्यवसाय संग पटक पटक धावा वोल्नु, आक्रमण गर्नु भनेको चेतना नभएकै मान्छेले गर्छ । उनि धूर्त मान्छे हुन । धुतर््याँई गर्न कै लागि हामी निर्माण ब्यवसायीहरुलाई पटक पटक उनले आक्रमण गर्दै आएका छन् । मलाई त पार्टी कार्यालयको भवनमा डेरा गरी बस्छ भनेछन् । उनले प्रतिप्रश्न गरे – चन्द्र भण्डारी चाँही काठमाण्डौमा कसको घरमा बस्छन् नि ?

म जो कसैकोमा डेरा गरी बस्न पाउनेकी नपाउने ? पाल्पामा कांग्रेस नेताको घरमा तत्कालिन माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज नेत्र पाण्डे डेरा गरी बस्छन् । यस्ता उदाहरण थुप्रै छन् । ब्यक्तिगत जिवनमा दल विचार हुँदैन । ’

उनले फेरी नेता भण्डारीलाई प्रहार गर्दै भने–‘ होईन मान्छेको ब्यक्तिगत जिवन संग खेलवाड गर्ने कस्तो मानसिकता होला उहाँको ? उनले थपे–‘ जहाँ सम्म त्यस विमान स्थलको हकमा प्रतिष्पर्धा गरेर मैले जिम्मा लिएँ । सम्झौता भएको मिति अघि नै मेरो जिम्मामा नभएको काम समेत गरे. ।
नेता भण्डारीलाई रेसुङ्गा विमान स्थलको ‘र’ पनि थाह छैन तर उनले म सांसद भए पछि विमान स्थलका लागि करोडौं पारे भन्दै उनले फेशवुकवाजी गर्नु यहि हो उनको हैसियत ? उनले यस्तो प्रश्न दोहराए ।

पैसा हालेँ भनेर नाक ठाडो नपारे हुन्छ- सचिव

तत्कालिन नेकपा माओवादी केन्द्रबाट त्यस विमान स्थल निमार्ण उपभोक्ता समितिबाट प्रतिनीधीत्व गर्दै सचिवको जिम्मेवारी सम्हालेका अशोक थापा –(मुक्ति ) संग के चन्द्र भण्डारी सांसद भएपछि करोडौं रकम परेकै हो ? भनेर प्रश्न गर्दा उनले जोङ्गिदै भने–‘ होईन लाज सरम पचेकै हो ? एक सुको रकम नहालेका मान्छेबाट यस्तो लाजमर्दो कुरा ?

उनि अहिले शान्त हुँदै भने–‘सरकारले जुन दिन रेसुङ्गा विमान स्थलको योजना पा¥यो त्यस दिनबाट प्राधिकरणबाट प्रकृयागत ढगले पैसा आउने हो । कुनै माईकलालले मैले रकम पारेंको हुँ भनेर नाक ठाडो नपारे हुन्छ । एक सुको पारेका छैनन् । जहाँ सम्म नेता भण्डारीले दुहुनो गाई बनाए भनेर आरोप लगाएका छन यदि एक सुको रकममा अनियमित्ता भएको प्रमाण जुटे मेरा हकमा म आफै हजारौ जनता बटुलेर लाँकुरी मञ्चको रुखमा झुण्डिएर आफैले आफैलाई कार्वाही गर्ने छु । ’

म प्रतिकृया नै दिन चाहन्न ? उपाध्यक्ष

नेपाली कांग्रेसबाट त्यस विमान स्थल निर्माण समितिमा उपाध्यक्ष रहेका नेता श्रीप्रसाद भलामीले चन्द्र भण्डारीले फेशवुकमा लेखेका कुराहरु वारे प्रतिकृया नै दिन नचाहेको बताए । ठेक्का–पट्टाका विषयमा केहि टसल परेकै हो । जुन समधान पनि भई सकेको कुरा हो । काम कमसल भई जरिवाना पनि तिरे कै हो उनले भने–‘ यो भन्दा बढि म वोल्न चाहन्न । ’

चन्द्र जीबारे वोल्नु औचित्य छैनः अध्यक्ष

त्यस समितिमा तत्कालिन एमालेबाट अध्यक्ष रहेका मधुकृष्ण पन्त संग नेता चन्द्र भण्डारीको फेशवुक मार्फत आएको प्रतिकृयाबारे ध्यानकृष्ट गराउँदा
उनले थपे–‘ अरुले जस्तो अशिष्ट र अपाच्य भाषा मैले प्रयोग गर्न चाहन्नछ । यति भन्छु कि उहाँको आरोपको कुनै अर्थ र औचित्य छैन ।’अध्यक्ष विमान स्थल शुभारम्भ समारोह मैं अध्यक्ष पन्तले सवै आर्थिक विवरण सार्वजानिक गरेका थिए । त्यस आर्थिक विवरणमा साविकको जिविस, केहि गाविस सहित नेता भण्डारीले भने भन्दा बढि नै रकम परेको छ ।

अध्यक्ष पन्तले भने–‘सरकारले जुन दिन योजना स्वीकृत ग¥यो त्यहाँ देखि यता स्वतः प्रकृयागत ढंङ्गले वजेट विनियोजित हुन्छ । त्यसरी वर्षेनी विनियोति हुने रकमलाई फोटो खिचेर फेशवुकमा पोष्ट गर्दै मैले यो र उ योजना पारे भन्ने वानी हटाउन सके राम्रो होला ।

जहाँ सम्म नेता भण्डारीले २०७० मा आफुहरु आएर करोडौं रकम परेको हो भन्नु भएको छ त्यो झुट हो । मैले त्यति वेलाका सवै माननियज्युहरु संग कमसेकम दुई दुई लाखका दरले त दिनुस् भन्दै हिडेको हुँ । अझ उहाँको निर्वाचन क्षेत्र भएकोले उहाँले त स्वतः निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत त्यो भन्दा ठुलो रकम दिनु पर्ने हो ।

हामीले पटक पटक माग्दा उहाँले हुन्न पनि कहिल्लै भन्नु भएन तर दिन चाँही एकसुको पनि दिनु भएन । उहाँले जुन अनियमित्ताको कुरा उठाउनु भएको छ । त्यसमा कुनै तुक नै छैन । रेसुङ्गा विमान स्थलको ‘ र’ सम्म थाह नभएको उहाँले त्यसवारे आफु अनिविज्ञ रहेको कुरा आफै प्रकट गर्नु भएको छ , के प्रतिकृया दिनु ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *