जिसस उपप्रमुख भुसालव्दारा रिघाफेँदी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन !

कमल पौडेल, गल्कोट २०७५ जेठ २७ । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले आज बिहान एक कार्यक्रमका वीच गल्कोट नगरपालिका ११ रिघा फेँदीमा लिफ्टिङ खानेपानी योजनाको उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात प्रमुख अतिथी समेत रहेका उपप्रमुख भुसालले लिफ्टिङ खानेपानी योजना निर्माणमा स्थानीय उपभोक्ताहरुको ईच्छा शक्तिको सह्राहना गर्दै समयमै योजना सम्पन्न भएकोमा धन्यवाद समेत दिए ।

सो उद्घाटन कार्यक्रममा जिल्ला समन्वय अधिकारी भीमबहादुर कुँवर, गल्कोट नगरपालिका ११ का वडाध्यक्ष डम्मर श्रीस लगायतले मन्तव्य दिएका थिए ।

सो खानेपानी उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन शिक्षक झलकबहादुर थापा कुमालले गरेका थिए ।

सो योजनाका लागि गल्कोट नगरपालिकाबाट रु २ लाख अनुदान प्राप्त भएको थियो भने पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिबाट रु १० हजार चन्दा सहयोग प्राप्त भएको थियो । सो योजना निर्माणमा रु २ लाख १४ हजार बराबरको जन श्रमदान रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *