दर्लिङ गाबिस-४ मा स्थानीयको लगानीमा साढे २ किमि मोटर बाटो निर्माण !

सुमन सुनार, बागलुङ, २०७३ फागुन १३ । दर्लिङ गाउँ विकास समिति वडा नं. ४ का स्थानिय जनताले आफ्नै लगानीमा मोटरबाटो निर्माण गरेका छन् ।
दर्लिङको शिद्ध प्राथमिक विद्यालय हुदै डाँडागाँउ, थाम सम्मको ढाई किलोमिटर मोटरबाटो निर्माण सम्पन्न भए पछि उक्त मोटरबाटोको विहिबार एक कार्यक्रमका विच एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज मना केसीले उदघाटन गरेकी हुन् ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि केसीले आफु जिल्ला सदरमुकाममा रहदै आएपनि दर्लिङका स्थानिय जनताले आफ्नै लगानीमा निर्माण गरेको माटरबाटो उदघाटन गर्न दिएको सम्मान र गुणलाई कुनै पनि मुल्यमा आफुले तिर्ने प्रतिबद्धता जनाएकी थिईन ।

मोटरबाटो समितिका अध्यक्ष लाल बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि, विद्यालयका प्र.अ. तथा शिक्षक स्थानिय समाजसेवि, बुद्धिजिबि लगायतको उपस्थीती रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले बागलुङका पुर्व जिल्ला सचिवालय सदस्य टंक पौडेलले स्थानिय जनताको सक्रियतामा निर्माण भएको मोटरबाटो उदघाटनका लागी आफुलाई निम्तो दिएकोमा निर्माण समितिलाई आभार प्रकट गर्दै आफु पनि यसै क्षेत्रको समाज सेवी भएको हुनाले दर्लिङबासीले गर्न चाहेको विकास निर्माणका कार्यमा हातेमालो गर्ने बताएका थिए ।

कार्यक्रममा मोटरबाटो समितिका कोषाध्यक्ष दुर्गा छन्त्यालका अनुसार मोटरबाटो निर्माणमा खर्च ७ लाख २० हजार भएको र आम्दानी तर्फ स्थानिय जनताबाट ४ लाख ७५ हजार समुदायिक बनको कोषबाट ४० हजार, स्थानिय आमा समुहबाट २४ हजार र सांकृतिक संरक्षण युवा क्लवबाट १२ हजार सहयोग प्राप्त भएको थियो । बाकिँ नपुगेको रकम करिव २ लाख ५० हजार विभिन्न निकायमा माग गर्ने तथा स्रोतको खोजी गर्ने बताईएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस दर्लिङका ग्राम समिति सभापति भरत केसी, सामुदायिक रेडियो परिवर्तनका स्टेसन म्यानेजर तथा पत्रकार राम सुवेदी, नेकपा एमाले ग्राम समिति दर्लिङका अध्यक्ष कृष्ण केसी, नेकपा माओबादी केन्द्र दर्लिङका अध्यक्ष विरेन्द्र बुढा, नेकपा एमालेका जिल्ला सदस्य केसर छन्त्याल, क्षेत्रिय सदस्य दिपक रायमाझी, नेकपा माओबादीका जिवन बिश्वकमा र स्थानिय समाजसेवी चेतलाल लम्सालले कार्यक्रममा मन्तब्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रमकै अवसरमा सड्क निर्माणका लागी सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

स्थानिय समाजसेवी याम बहादुर श्रीसको स्वागत मन्तब्यबाट शुरु भएको उक्त उद्घाटन कार्यक्रम तुलेन्द्र गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *