बागलुङ जिल्लाको पर्यटन प्रबर्धनका लागि ‘हाम्रो बागलुङ’ भिडियो (डकुड्रामा) निर्माण गरिने !

बागलुङ २०७५ जेठ २७ । जनता डिजिटल प्रा लि काठमाडौले बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ जिल्लामा लुकुरे रहेका धार्मिक, साँस्कृतिक, पर्यटकीय सम्पदा एवं ऐतिहासिक स्थलहरुलाई कलात्मक तरिकाले भिडियो (डकुड्रामा) को माध्यमबाट देश विदेशमा प्रचार प्रसार गरी बागलुङ जिल्लामा पर्यटकीय चाप बढाउने सोँचका साथ ‘हाम्रो बागलुङ’ भिडियो डकुड्रामा निर्माण गर्ने जनाएको छ ।

जनता डिजिटल प्रालिको व्यवस्थापनमा निर्माण गरिन लागेको हाम्रो बागलुङ नामको डकुड्रामाको प्रवन्ध निर्देशकमा केशव सापकोटा, सचिवमा मोहन केसी निर्देशकमा होम गुरुङ रहेका छन् भने व्यवस्थापन समितिमा ईश्वर बोहोरा, प्रकाश आले, ईश्वर सिँह, विष्णु खत्री शुभेच्छुक रहेका छन् ।

जनता डिजिटल प्रालिका सचिव मोहन केसीले हाम्रो बागलुङ डकुड्रामा निर्माणको लागि करीब १४ लाख रुपयाँ खर्च लाग्ने ईबागलुङलाई जानकारी दिए ।

गल्कोट आँगाखेत निवासी सचिव केसीले यो डकुड्रामा निर्माण गर्नका लागि जिल्लाका सबै स्थानीय निकायहरु तथा जिल्लाबासी सबै सहकार्यगरी अघि बढ्ने बताउदै सबैबाट हरतरहको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भिडियो डकुड्रामाको सुटिङ साउन र भदौ महिना भित्र सम्पन्न गरिने जानकारी दिए । भिडियो करीब डेढ देखी २ घण्टा सम्म लामो हुने उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *