तीन जिल्लाको संगम बडीगाड गंगारेमा आयोजित जेठ २० मेला सम्पन्न !

योगेन्द्र विश्वकर्मा बुर्तिबाङ २०७५ जेठ २७ । बागलुङ, गुल्मी र प्यूठान तीन जिल्लाको संगमस्थल बडीगाड गाँउपालिका वडा नम्बर १० गंगारेमा सन्चालित यस क्षेत्रकै ऐतिहासिक जेठ २० गँगारे मेला शनिवार सम्पन्न भएको छ ।

स्थानीय युथ युनिटी क्लवले स्वाभिमानी युवाको दायित्व,समाज समृद्धिमा स्थायित्व भन्ने नाराका साथ आयोजना गरेको जेठ २० गंगरे मेला गत जेठ २० गते शुभारम्भ भएको थियो भने मेलाको उद्घाटन बुधबार ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले गरेका थिए ।

मेला अवधिभर विविध प्रतियोगितात्मक कार्यक्रम सहित राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारले विशेष सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रमको अन्तिमदिन शनिवार पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल भएको थियो । पुरुष भलिवल प्रतियोगितामा तिलाचन युवा क्लव निसीखोला प्रथम र पञ्चासे देउराली युवा क्लव व्दितिय भए भने महिला भलिवल प्रतियोगितामा गोर्खा व्यायज युवा क्लव लेबाङ प्रथम र धौलागिरी विकास युवा क्लव निगाल्पानी व्दितिय भएको छ ।

समापन कार्यक्रम क्लव अध्यक्ष वालिश्वर बुढाको अध्यक्षता बडीगाड गाँउपालिका वडा नम्बर १० का वडाध्यक्ष वीरेन्द्र बुढाको प्रमुख आतिथ्यता र मोहन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बडीगाड गाँउपालिकाका कानुनी सल्लाहाकार भरत केसी वडा नं ९ का अध्यक्ष कृष्ण केसी लगाएतको पनि उपस्थिती रहेको थियो ।

तस्वीर- डम्मर बुढा मगर, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *