नमुना बिद्यालयको नमुना काम : निजी शिक्षकलाईपनि पोषाक भत्ता !

कमल पौडेल, बडीगाड २०७५ जेठ २७ । बडीगाड गाउँपालिका वडा नं. २ मा रहेको त्रिभुवन मावि खर्वाङमा स्थानिय श्रोतका शिक्षकहरुको लागि पनि पोषाक भत्ता दिइने भएको छ । यस क्षेत्रमै पहिलो पटक निजी शिक्षकलाई जनही ५ हजारका दरले पोषाक भत्ता उपलब्ध गराइने भएको हो ।

सरकारले सरकारी श्रोतवाट तलवभत्ता खाने शिक्षकहरुलाई पोषाक भत्ताको व्यवस्था गरेको भएपनि निजी श्रोतका शिक्षकले नपाउँदा शिक्षकहरुमा मनोवल खस्केको निस्कर्ष सहित सो निर्णय गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालले ईबागलृङलाई जानकारी दिए । नमुना विद्यालयमा छनौट भएको त्रिभुवन माविमा १९ जना शिक्षक निजीश्रोतमा कार्यरत रहेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *