जेठ ३० गते गल्कोट नगरपालिकाको रिघामा एकिकृत घुम्ति शिविर वस्ने

कमल पौडेल, बागलुङ २०७५ जेठ २६ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा यहि जेठ ३० गते एकिकृत घुम्ति शिविर सन्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको तर्फवाट एकिकृत घुम्ति शिविर मार्फत नागरिकता र अपांगता परिचय पत्र वितरण गरिने वडा अध्यक्ष डम्बर श्रीसले ईबागलुङलाई जानकारी दिए ।

वडाध्यक्ष श्रीसले प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल र आफुबीच रिघाको रहलेमा भएको को छलफलवाट सो शिविर संचालन गर्ने निर्णय गरिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *