जैमिनीका विभिन्न बिद्यालयहरुमा छात्रबृत्ती एवं शैक्षिक सामाग्री वितरण !

सन्ध्या आचार्य, कुस्मीसेरा २०७५ जेठ २६ । जैमिनी नगरपालिका- २ दमेक स्थित ज्ञानज्योति प्राथमिक विध्यालयमा छात्रवृत्ति वितरण गरिएको छ । वडा न २ का जनप्रतिनिधि कृष्ण प्रसाद रिजाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सापकोटा सहितको समुपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा दलित १५ र अन्य १८ जना छात्र छात्रा गरि ३३ जनालाई छात्रवृत्ति वितरण गरिएको विद्यालयकी प्रधानाध्यापिका डम्मरादेवी शर्माले बताईन् ।

यसैवीच, मिर्मिरे बाल क्लव जैमिनी-४ सर्कूवाले तिहारमा देउसी भैली खेलेर जम्मा गरेको रकमले विभिन्न विध्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्ने क्रममा शुक्रबार जनता माध्यमिक विद्यालय जैमिनी ४ सर्कुवा, जनता माध्यमिक विद्यालय जैमिनी १० पाइ र बाल साक्षरता आधारभूत विद्यालय जैदी ब्याडथलामा शैक्षिक सामग्री बितरण गरेको छ । कक्षा १ देखी ३ सम्मका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको क्लवका संस्थापक अध्यक्ष चन्द्र थापाले बताए ।

स्मरणीयछ, जनप्रिय आधारभुत बिद्यालय, जैमिनी ४ सर्कुवामा पहिलेनै वितरण गरेको क्लवले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *