तीन महिना पहिले मलेशिया पुगेका निसी मसल गाउँका युवकको मृत्यु !

डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ २५ । निसोखाला गाउँपालिका–५ मसालगाउँ घर भई रोजगारको सिलसिलामा मलेसिया पुगेका २४ वर्षिया दिलिप घर्ती मगरको गए राति मृत्यु भएको पारिवारीक श्रोतले बतायो ।

घरको पारिवारिक अवस्था कमजोर रहेका उनी धन कमाउन भनी ३ महिना अघि मलेसियामा पुगेका थिए । उनको अप्रिय घटनाले परिवार शोकमा डुबेको छ ।

धन कमाएर ल्याउछु चुहुने छानोमा टिन लगाउँछु, आमाको फाटेको चोली टाल्छु, श्रीमतीको गुनिउँ फेर्छु, छोरीलाई नयाँ कपडा ल्याउँला भनेर विदेश पुगेका उनको मृत्यु भए पछि जवानी मै श्रीमतीको सिउँदो मेटीयो ।

१८ महिने छोरीले बाबा भन्न नपाउँदै उनको मृत्यु भयो यसले सबैको मनलाई भक्कानीने गरायो ।
ब्ततबअजmभलतक बचभब

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *