फलेवास नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न : महत्वपूर्ण ११ विधेयकहरु परित !

नगरसभा स्थानीय सरकारको झल्को दिने गरि संसदको ढाचाबाट सन्चालन !

निर्मल पौडेल, पर्वत २०७५ जेठ २५ । पर्वत फलेवास नगरपालिकाको दोस्रो नगरसभा विहिवार सम्पन्न भएको छ । पर्वत वहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न सभाले विभिन्न ११ वटा महत्वपुर्ण विधेयकहरु पारित गर्दै सम्पन्न भएको हो ।

नगरप्रखुख पदमपाणी शर्माको अध्यक्षतमा भएको दोस्रो नगरसभामा विषयगत विधेयकहरुको दफावार छलफल भएको थियो । छलफल पछी नगर कार्यपालिकाका सदस्यहरुको सर्वसम्मतमा विभिन्न ११ महत्वपूर्ण विधेयकहरु परित भएका हुन् ।

नगरसभाले शिक्षा विधेयक २०७५, आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७५, कृषि व्यावसाय प्रवद्र्धन सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७५, प्रशासकिय कार्यविधि नियमित गर्ने विधेयक २०७५, न्यायिक समितिको कार्यविधि सम्बन्धी विधेयक २०७५, सार्वजानिक निजि साझेदारी सम्बन्धमा व्यावस्थापन गर्न बनेको विधेयक २०७५, विधायन समिति विधेयक २०७५, सहकारी विधेयक २०७५, विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन गर्न बनेको विधेयक २०७५, गैरसरकारी संस्था सन्चालन तथा समन्वय सम्बन्धी विधेयक २०७५ र कर विधेयक २०७५ गरी ११ वटा विधेयकहरु सर्वसम्मतले परित गरेको छ ।

विधेयक पारित भएपछि नगरपालिकाकाले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले वताए । नगरप्रमुख शर्माले नगरको चौतर्फी विकासको लागि आफू अहोरात खटिएर काम गरिरहेको उल्लेख गदै नगरको आर्थिक, सामाजिक, पुर्वधार ,कृषि , वन ,वातावरण ,शिक्षा, स्वास्थ, खानेपानी सडक सिचाइ स्वरोजगार लगाएतको विकासका लागि नगरपालिकाले विशेष ध्यान दिइ योजना र प्राथमिकताका साथ काम गरेको वताए ।

उनले नगरपालिकाले कालीगण्डकी जलाशययुक्त परियोजना, फलेवास पोखरा सिधा सडक निर्माण कार्य , नगरभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन , एकीकृत सम्पत्ति कर संकलन, पर्यटन विकासका लागि थापाठानाको खुममा होम स्टे सन्चालन गरेको लगायतका उल्लेखनीय काम गरेको बताए । नगर प्रमुख शर्माले नगरपालिकाकाको आर्थिक वर्ष २०७५७६ को बजेट असार पहिलो साताभित्र ल्याउने जानकारी दिए ।
समृद्ध फलेवासको सपना साकार पर्नको लागि नगरपालिकाका ११ वटा वार्डमा नै समानुपातिक विकास गर्ने बताउदै विकास निर्माणका काममा सबैसगं सहकार्य गर्र्ने वताए ।

त्यस्तै नगर उपप्रमुख मन्जु अधिकारीले आर्थिक वर्ष २०७४७५को संशोधित बजेट आर्थिक कार्यवि धि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक र नगरपालिकाको कर बिधेयक पेश गर्दै नगरपालिकाले सधै नगरबासीको हितको पक्षमा काम गरिरहेको वताइन् ।

पारित सम्पुर्ण बिधेयकहरु वार्ड अध्यक्षहरुको संयोजकत्वमा पेश गरिएको थियो । नगरसभा स्थानीय सरकारको झल्को दिने गरि संसदको ढाचाबाट सन्चालन गरिएको थियो । नगरसभामा नगर कार्यपालिकाका सदस्यहरु, वार्ड अध्यक्षहरु, जिल्ला समन्वय समिति पर्वतका सदस्यहरु, कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *