सामुदायिक सेवा केन्द्रव्दारा नवागत प्रजिअ खरेलको स्वागत : केन्द्रको सेवा प्रशंसनीय !

बागलुङ २०७५ जेठ २५ । बिभिन्न रचनात्मक कृयाकलापहरुमा सक्रिय रहँदै आएको बागलुङ नगरपालिका १ रामरेखा स्थित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय बागलुङमा नवागत प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई एक कार्यत्रक्रमका बीच स्वागत एवं सम्मान गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले सामुदायिक सेवा केन्द्र एवंं सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाले सामाजिक गतिविधीहरुमा निर्वाह गर्दै आएको अग्रणी भूमिकाको खुलेर प्रशंसा गरे ।

समामाजिक क्षेत्रहरुमा केन्द्रले गरेको योगदान उल्लेखनीय रहेको थाहा पाउदा निकै खुशी लागेको बताउदै प्रमुख जिल्ला अधिकारी खरेलले आफु र मातहतका सबै क्षेत्रहरुबाट केन्द्रलाई हरतरहको सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

स्वागत कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष समाजसेवी केबी रानामगर, केन्द्रकी सल्लाहाकार गीता शर्मा, बानपा १ रामरेखाका वडाध्यक्ष दुर्गा बोहोरा, नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले नवागत प्रमुख जिल्ला अधिकारी खरेलको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नै जिल्लाका कुशल प्रशासकलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पाउदा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रका बरिष्ठ उपाध्यक्ष शम्भु आचार्यले केन्द्र र त्यहाँ उपस्थित सबैका तर्फबाट नवागत प्रमुख जिल्ला अधिकारी खरेलको स्वागत गर्दै केन्द्रले उहाँसंग सहकार्य गरी आफ्ना सामाजिक गतिविधीहरुलाई अघि बढाउन सहयेग मिल्ने अपेक्षा व्यक्त गरेका थिए ।

केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको सभापतित्वमा सम्पन्न स्वागत कार्यक्रमको सन्चालन केन्द्रकी महासचिव लक्ष्मी बोहोराले गरेकी थिईन् ।
तस्वीर सौजन्य अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.