खोलाबाट गिट्टी बालुवा ढुंगा झिक्दा वडा कार्यालयबाट कर निर्धारण

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ २४ । गल्कोट नगरपालिका वडा नम्बर ४ ले नगरपालिकाको निर्णय अनुसार बालुवा निकाल्नेहरुका लागी मुल्य निर्धारण गरेको छ । वडा क्षेत्र भित्र पर्ने खोलामा जथाभाबी बालुवा लिकाल्ने गरेको भन्दै कार्यालयले रकम निर्धारण गरेको वडा अध्यक्ष बल बहादुर खत्रीले बताए ।

खत्रीका अनुसार गौदी खोलाबाट बालुवा, ढुङगा, गिट्टी निकाल्दा वडा कार्यालयलाई जानकारी गराई कार्यालयको निर्णय अनुसार बालुबाको प्रति ट्याक्टर ४ सय, ढुङगाको प्रतिट्याक्टर २ सय र गिट्टीको प्रतिट्याक्टर २ सय तिनुपर्ने ब्यवस्था गरेको छ ।

वडा कार्यालयले वडा भित्र सञ्चालन भएका मिल, फर्निचर, मसला कुटानी पिसानी मिल लगायतका संस्था नगरपालिकामा दर्ता गराउन निर्देशन समेत दिएको छ । त्यस्तै वडा क्षेत्रभित्र भएर बग्ने गौदीखोला, चमुवाखोला र घट्टे खोलाको बिच भागबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ सम्बन्धित जग्गा धनीले आफनो जग्गा भनि दाबी गर्न नपाईने निर्णय गरेको खत्रीले जानकारी दिए । उक्त जग्गा सार्वजनिक हुने वडा कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *