ऐतिहासिक जेठ २० गंगारे मेला : गाउँको विकासमा युवाहरु सक्रिय हुन नगर प्रमुख नेपालीको आग्रह !

योगेन्द्र विश्वकर्मा बुर्तिबाङ २०७५ जेठ २४ । बडीगाड गाँउपालिका वडा नम्बर १० मा रहेको युथ युनिटी क्लवले आयोजना गरेको ऐतिहासिक जेठ २० गंगरे मेला २०७५ को बुधवार उद्घाटन गरिएको छ । स्वाभिमानी युवाको दायित्व,समाज समृद्धिमा स्थायित्व भन्ने नाराका साथ आयोजित कार्यक्रमको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले उद्घाटन गरेका हुन् ।

कार्यक्रम उद्घाट्न पछि वोल्दै नगरप्रमुख नेपालीले गाँउको विकासका लागी क्लव मार्फत युवाहरु सक्रिय हुनुपर्ने बताउदै खेलकुद कार्यक्रममा केन्द्रित हुनुका साथै समाज सुधार तथा सामाजिक विकृती हटाउदै विकास निर्माणका कार्यमा केन्द्रित हुन उनले क्लवमा आवद्ध युुवाहरुलाइ आग्रह गरे ।

बागलुङ, गुल्मी र प्युठान जिल्लाको संगमस्थल मदाने लेकको काखमा रहेको चिसापानीको गंगरेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागी आफुले पहल गर्ने पनि नगरप्रमुख नेपालीले प्रतिवद्धता जनाए । उनले खेलकुदको विकासका लागी गंगरेमा उपयुक्त खेलमैदान निर्माणका लागी प्रदेश मुख्य मन्त्रीसँग आफुले पहल गर्ने नगर प्रमुख नेपालीले भरोसा दिलाए ।

सो अवसरमा नगरप्रमुख नेपालीले युथ युनिटी क्लवका लागी १ लाख १ हजार रुपैयाको अक्षयकोष स्थापना गरिदिने समेत उद्घोष गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इकाइ बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा बुर्तिबाङ निबासी रामप्रसाद अचार्य पुष्पालजली युवा क्लबका अध्यक्ष इश्वर सिर्पाली लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

बुधबारको सांगीतिक कार्यक्रमा गायक सन्तु थापा र डान्सर राममनी रानाको विशेष प्रस्तुती रहेको थियो ।

कार्यक्रम क्लव अध्यक्ष वालिश्वर बुढाको अध्यक्षता बडीगाड गाँउपालिका वडा नम्बर १० का वडाध्यक्ष वीरेन्द्र बुढाको स्वागत मन्तव्य र मोहन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको बुधवार उद्घाटन गरिएपनि प्रतियोगितात्मक कार्यक्रम आइतबारबाटै सुरु गरिएको थियो भने आजपनि प्रतियोगितात्मक कार्यक्रम जारी रहने छन् ।

प्रत्यक वर्ष जेठ २० गते नै मेला प्रारभ्भ गरिएपनि यसको औपचारिक उद्घाटन भने आयोजकको सल्लाहा अनुसार मेला समापन हुन पूर्व उपयुक्त दिनमा गरिदै आएको आयोजकले जानकारी दिए । यसवर्षको जेठ २० गंगारे मेला जेठ २० गते देखिनै सुरु भएपनि यसको औपचारिक उद्घाटन भने हिँजो बुधबार गरिएको हो ।

प्राचीन कालमा वर्ष भरीलाई चाहिने दाउरा जंंगलबाट फाँडेर ल्याएपछी जेठ २० गते स्थानीयहरु एकै ठाउँमा भेला भएर थकाई मेट्ने, कुराकानी गर्ने घरबाट ल्याएको अर्निपर्नि खाने रमाईलो गर्ने चलन नै कालान्तरमा जेठ २० मेला भनिन थालेको हो । पछी गएर यो चलन तल गंगारेमा सरेपछि जेठ बिस मेला गंगारे मेलाको नामले बढी चर्चामा रहन यएको बुढापाकाहरुले बताउछन् ।

ऐतिहासिक तथा वहुचर्चित जेठ २० गंगारे मेलाको अर्को परम्परागत रोचक पक्ष भनेको केटीलाई हात हाली लैजान (बिबाह गर्ने) हो । पछिल्लो समयमा आएर यस मेलामा युवा दामलीहरुले प्रेम बिबाह गर्ने प्रचलन बढेर गएको छ । प्रत्यक जेठ २० गंगारे मेलामा दर्जनौँ युगल जोडीहरुले लगन गाँठो बाँधेर बैबाहिक जीवनमा प्रवेश गर्छन् ।

स्थानीय समाजसेवी एवं क्लबका सल्लाहाकार पुठासिंह बुढाका अनुसार प्रत्यक बर्ष जेठ २० गते घना जङ्गलको बिचमा पाईने गजिङ नामको निगालो (चोया) त्यसको टुसा मानिसले खाने भएकोले र त्यो टुसा काट्न लागि त्यहा गुल्मी बागलुङ र प्युठानका धेरै युवा युवती आउने र उनिहरुले ल्याएको खानेकुरा खाने अनि तरुनी तन्नेरी मिलेर दोहोरी गीत गाउदै रमाईलो गरिन्थ्यो भनेर बुढापाकाहरुले भन्ने गरेको श्रुतिस्मृति रहेकोे छ ।

समयको परिवर्तन सँगै तेसरी बस्दा राम्रो नभएको महसुुूस गर्न थाले पछि तेस्लाई परिवर्तन गरि गंगरे भन्ने ठाँउमा प्रत्यक बर्ष भेट्ने भनेसी अहिलेको मेला लगाउने ठाउमा जेठ २० मा भेट्ने निर्णय गरियो र त्यस यता धेरै बर्ष सम्म जेष्ठ बीसको साझमा भेट हुने तिनै जिल्लाका तरुनी तन्नेरी जस्लाई तेस ठाउँमा रमाउन मन रुचाउनेहरु धेरै सहभागी हुने गर्दथे । भेट भएर रातै भरि झ्याउरे गीत गाएर रात कटाएको र २१ गतेको दिन कति धेरैले बिबाह बन्धन्मा बधिएर बागलुङको प्युठानमा त प्युठानका गुल्मीमा गुल्मीका प्युठानमा यसरी बिबाह गरि साँझको बेला अर्को बर्षमा भेट्ने बाचा गर्दै कति खुसी हुँदै त कोति दुखी हुँदै बिदाई हुने गरेको धेरैको अनुभब छ ।

बिस्तारै समयको माग संगै हरेककुरामा परिवर्तन आउन थाल्यो । स्थानिय दलबहादुर गुरुङ निलबहादुर सुब्बा पल्टनमा भर्ति भएपछि भलिबल खेल्न सिकेर गाउमा पनि जेठ २० मेलालाई भलिबल खेल पनि चलाउन पर्छ भनेर प्रथम हुनेलाई १५० व्दितिय हुनेलाई १०० रुपैयाको पुरस्कार राखेर कार्यक्रम आयोजना गरेको बताइन्छ । अहिले भने पुराना सस्कार सस्कृति बिस्तारै परिस्कृत हुदै बिभिन्न कार्यक्रमको आयोजना गरेर जेठ २० मेला एक हप्तासम्म सञ्चालन हुदै आएको छ ।

मोटर बाटो बनेपछी बागलुङ जिल्लाका आसपासका स्थानीयहरु लगायत गुल्मी जिल्लाका मासकटेरी, पुर्काट सिरसीरी रजवारा र प्युठानका अर्खाबाङ नारिकाट, रजबारा र टुसारा लगाएतका ठाउँबाट हजारौ दर्शक गाडी चढेर कार्यक्रम हेर्नकालागि आउने गर्दछन्।

गंगरेबाट धेरै टाढा अग्ला डाडाकाडा हिमश्रृङ्खला पर्यटकीय गाउँहरुको अबलोकन गर्न पाइने भएकोले पनि जेठ २० मेलाको महत्व बढेको छ। पहिले पुष्पान्जलि युवा क्लबले मेला लगाएको थियो बिगत २०७० साल देखि युथ युनिटी क्लवलले यो कार्यक्रमको आयोजना गर्दै आएको छ।

पहिले पहिले यस मेलालाई लडाई मेला पनि भनिन्थ्यो तर केहि वर्ष देखी मेला सन्चालनको जिम्मा युथ युनिटी क्लबले लिएपछी मेलामा कुनै झैझगडा बिबाद हुन छोडेको स्थानीयले जानकारी दिए ।

यस बर्ष पनि खुल्ला पुष तथा महिला भलिबल प्रतियोगिता र राष्ट्रिय स्तरका कालाकारको बिशष सांगीतिक प्रसतुति लगाएतको कार्यक्रम आयोजना गरिएको छ। पुरुष भलिबलमा १६ टीमको सहभागिता महिला भलिबलमा १० टीमको सहभागिता रहेको छ। कलाकारमा बद्री पंगेनी,सन्तु थापा,दुर्गेश थापा लगाएतका कलाकारको सहभगिता रहने आयोजकले जाकारी दिएको छ।
यो पनि पढौं:
बागलुङको दर्लिङमा लाग्ने ऐतिहासिक ‘गंगारे मेला’ एक चर्चा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *