किसानव्दारा उत्पादित दुध खपत नभएमा नगरपालिकाले सहयोगगर्छ – नगर प्रमुख नेपाली

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ जेठ २४ । ढोरपाटन नगरपालिका पशुसेवा शाखा बुर्तिबाङको आयोजनामा दुग्ध उत्पादन कृषक अभिमुखिकरण तथा समुह गठन कार्यक्रम सम्पन्न भएको छ । पशुपालक कृषकलाई कसरी पशुपालन तर्फ आकर्षण गर्न सकिन्छ भन्ने उद्देश्यकासाथ यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख देबकुमार नेपालीले दुग्ध उत्पादक कृषकको माग र समस्यालाई ध्यानमा राखि किसानले उत्पादन गरेको दुध यदि खपतमा समस्या आएमा त्यस दुधलाई खपतको लागि नगरपलिकाले सहयोग गर्ने बताए ।

ढोरपाटन नगरपालिकामा अर्गानिक चिज उत्पादन गरि बाहिर अन्य बजारमा लैजान सक्ने भएकोले त्यसको उत्पादन तर्फ किसान लाग्न अनुरोध गरे । दुध उत्पादनको क्रममा आउने बजारमा खपतको समस्या भएमा नगरपालिकाले ब्यबस्था गर्ने ,किसानलाई अनुदान दिने किसानको दुधको मापनको लागी मिल्क एनलाइजर मेसीन खरिद गरिदिने दुग्ध चिस्यानको लागि ब्यबस्थापन गर्ने लगाएतका सम्र्पुण पक्षमा आफ्नो तर्फबाट र नगारपालिकाको तफबाट निरन्तर सहयोग गर्ने बताए ।

सो अवसारमा उपस्थित किसानलाई गोठ सुदृढीकरणका ेलागि रु ५ हजारको दरले सहयोग दिने कुरापनि जानकारी गराइएको थियो । पछि गएर सहकारीकोरुपमा ब्यबस्थापनकोलागि लैजने गरि उत्पादित दुधलाई ब्यबस्थापनकोलागी दुग्ध उत्पादक कृषक समुह गठन गरिएको छ।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षता कृषि प्राबिधिक महेन्द्र अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पशु सेवा प्रमुख खुमानन्द पोख्रेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *