म जिल्लाबासी तपाईहरुको साथी, प्रजिअ भएर आएकोछु, हातेमालो गरेर अगाडी बढ्छु : प्रजिअ खरेल

बागलुङ नगरपालिकाव्दारा नवागत प्रमुख जिल्ला अधिकारी खरेको सम्मान एवं स्वागत !

बागलुङ २०७५ जेठ २३ । नवागत प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई बागलुङ नगरपालिकाले एक कार्यक्रमका बीच स्वागत एवं सम्मान गरेको छ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, उपप्रमुख सुरेन्द्र खडका लगायतले नवागत प्रमुख जिल्ला अधिकारी खरेलको नगरपालिका कार्यालयमा पुग्दा खादा ओढाई स्वागत सम्मान गरेका थिए ।

स्वागत पश्चात बोल्दै, नवागत प्रमुख जिल्ला अधिकारी खरेलले देशमा राजनीतिक संक्रमण समाप्त भएपनि प्रशासनिक संक्रमण कायम भएको चर्चा गर्दै स्थानीय तह तथा प्रशासनबीच समन्वय गरी जिल्लालाई सम्वृद्ध बनाउन लाग्नु पर्ने बताए ।

प्रजिअ खरेलले, म जिल्लाबासी तपाईहरुको साथी सीडीयो भएर आएको छु जिल्लाबासी तपाईहरु संग हातेमालो गरेर जिल्लाको बिकासका कार्यहरु गर्ने छु भन्ने प्रतिवद्धता जनाएका थिए ।

आफुले यहिँ सदरमुकामको विद्यालयबाट शिक्षार्जन गरेको स्मरण गर्दै उनले जिल्लाको विकास एवं सम्वृद्धिका लागी यहाँहरुको सबैको साथ लिएर अगाडी बढ्ने बताए ।

सभापतिको आसनबाट धन्यवाद ज्ञापन गर्दै नगरप्रमुख पौडेलले छोटो समयमा नगरपालिकाबाट गरिने सबै कार्यहरु प्राथमिकताको आधारमा योजनाबद्ध तरिकाले भैरहेको बताएका थिए ।

कार्यक्रममा उपप्रमुख सुरेन्द्र खडकाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कानून अधिकृत अखिल नाथ शर्माले कार्यक्रम सन्चालन गरेका थिए ।
स्वागत एवं सम्मान कार्यक्रममा बागलुङ नगरपालिकाका सबै वडाध्यक्षहरु लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *