अखिल (छैठौँ) बागलुङको ढोरपाटन नगरपालिकामा छुवाछुत विरुद्धको अभियान आरम्भ !

प्रशान्त घर्ति मगर, बुर्तिबाङ २०७५ जेठ २३ । ढोरपाटन नगरपालिकामा अखिल (छैठौँ) बागलुङको छुवाछुट विरुद्धको अभियान—२०७५ सुरु भएको छ । अखिल (छैठौँ) बागलुङको जिल्ला व्यापी कार्यक्रम अन्तरगत यो अभियान नगरपालिकाको वडा नं. ४ मा रहेको प्रकाश माध्यमिक विद्यालयबाट शुरु गरिएको अखिल (छैठौँ) बागलुङका उपाध्यक्ष दिलिप बुढाथोकीले जानाकारी दिए ।

समाजमा व्याप्त अन्धविश्वासले विद्यार्थीहरुको कलिलो मानसिकतामा पनि नकरात्मक असर पारिरहेकोले जिल्ला व्यापी अभियान थालिएको उनले बताए । अभियानले विद्यार्थीहरुमा छुवाछुत जस्तो सामाजिक कुप्रथा अन्त्यको लागि जागरण ल्याउने र उनीहरुले आफ्नो परिवारका सदस्यहरुमा पनि छुवाछुत विरुद्धको सन्देश प्रवाह गर्ने उपाध्यक्ष बुढाथोकीले अपेक्षा व्यक्त गरे । साथै, अभियानसँगै विद्यार्थी संगठन सुदृढिकरणका लागि समिति गठन अभियानको समेत थालनी गरिएको ईबागलुङलाई बताए ।

यसैबीच अभियान अन्तरगत, आज प्रकाश माविमा अखिल (छैठौँ) को इकाइ समितिको गठन गरिएको छ । जिल्ला उपाध्यक्ष बुढाथोकीको अध्यक्षक्षतामा बसेको विद्यार्थी भेलाले १४३ सदस्यीय अखिल (छैठौँ) इकाइ समितिको गठन गरेको हो । जसको अध्यक्षमा तेजेन्द्र फगामी, उपाध्यक्षमा गीता विक, सचिवमा मनोज सुनार, सहसचिवमा ललित रसाइली, कोषाध्यक्षमा निर्जला फगामी र अन्य सदस्यहरु रहेका छन् ।

अखिल (छैठौँ) ढोरपाटन नगर कमिटिका सदस्य सुमन विश्वकर्माको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन नगर कमिटिका सहसचिव मिलन पौडेलले गरेका थिए ।

अखिल (छैठौँ) बागलुङ्ले विद्यार्थी जागरण अभियान अन्तरगत जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा छुवाछुत विरुद्धको अभियान—२०७५ सँगै संगठन विस्तारलाई समेत तिब्रता दिइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *