साबिक हरिचौर गाविसको नयाँ भवन ठाँटीमा परिणत, वडा कार्यालय पुस्तकालय भवनमा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ २३ । दुई वर्ष पहिले निर्माण सम्पन्न भएको साबिक हरिचौर गाविसको भवन जिल्ला प्राबिधिक कार्यालय बागलुङले बजेट निकासा नदिएपछी समय मै हस्तान्तरण हुन नसक्दा २ बर्ष देखी प्रयोगविहीन अवस्थामा छ ।

एकातिर २५ लाख रुपयाँको लागतमा निर्मित साबिक हरिचौर गाविसको भवन दुई वर्ष देखी प्राविधिक कार्यालयको गडबडीले ठेकदारले पाउनु पर्ने रु ३ लाख ५० हजार भुक्तानी नपाएपछी हस्तान्तरण गरेका छैनन भने अर्कोतिर हाल गल्कोट नगरपालिकाको वडा नं ५ हरिचौरको कार्यालय राख्ने घर नपाउदा शहीद थीरबम पुस्तकालयको कोठामा सन्चालन भैरहेको स्थानीय समाजसेवी दिनेश खत्रीले ईबागलुङलाई बताए ।

भवन जिम्मा लिएका सुरेन्द्र बुढाका अनुसार जिल्ला प्राबिधिक कार्यालयले भवन निर्माण भएको २ बर्ष सम्म पनि ३ लाख ५० हजार बराबरको बजेट निकासा नगरेपछि हस्तान्तरण गर्न नसकेको बताए ।

भवन बनाउने क्रममा पनि जिल्ला प्राविधिक कार्यालयले सहज तरिकाले बजेट नदिएको गुनासो गर्दै बुढाले भने अहिले निकासा भयो भन्ने सुनेको छु, केहि दिनमा भवन सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने गर्छु ।

व्दन्व्दकालमा पुस्ताकालयमा भएका पुस्तकहरु छरप्रष्ट भएका थिए । हरिचौरमा अन्य भवन नभएपछि एउटै कोठाबाट सेवा प्रवाह गरेको वडा अध्यक्ष नारायणध्वज मल्लले बताए । अध्यक्ष, सचिव र अन्य कर्मचारी एउटै कोठामा बसेर सेवा दिनुपर्दा समस्या परेको वडाध्यक्ष मल्लकोे गुनासो थियो । उनले गत बर्षको भदौ महिना देखिनै नगरपालिकामा गाबिस भवनको बिषयमा कुरा राख्दै आएको पनि बताए ।

तस्वीर- दिनेश खत्री, हरिचौर गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *