३० विद्यालयका ४१ जना सेवा निवृत्त शिक्षक सम्मानित !

कोपिला कंडेल, बागलुङ २०७३ फागुन १२ । धौलागिरी वीरेन्द्र मा.बि रात्माटा अन्र्तगतका ४१ जना सेवा निवृत्त शिक्षकहरु सम्मानित भएका छन् । लामो समय शिक्षक पेसा अंगालेका तर हाल अवकास प्राप्त रात्माटा श्रोत केन्द्र अन्र्तगतका ३० वटा बिद्यालयका ४१ जना शिक्षक र एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने ८ जना बिद्यार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित शिक्षक र बिद्यार्थीलाई जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्र र सेवा निवृत्त शिक्षक सम्मान समितिका अध्यक्ष एबं रुद्रे पिपल माबिका प्रधानाध्यापक ममतादेवी शर्माले सम्मान पत्र,उपहार र दोसल्ला ओढाएर सम्मान गरका थिऐ ।

सो अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी मिश्रले लामो समय शिक्षा पेसा अंगालेका शिक्षकको सम्मानले शैक्षिक गुणस्तरका लागि महत्वपुर्ण भु्मिका निर्वाह गर्ने बताए । उनले सेवा निवृत्त शिक्षकको सम्मानले पेशा भन्दा बहिर रहदापनि शिक्षकको मनोबल उच्च हुने धारणा ब्यक्त गरे । सो अवसरमा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, सम्मानित शिक्षक शिक्षिका दिपक ज्योती श्रेष्ठ र शिवा साप्कोटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम सेवा निवृत्त शिक्षक सम्मान समारोह समितिका अध्यक्ष ममता देबी शर्माको अध्यक्षता, उपाध्यक्ष शान्ति ज्ञवालीको स्वागत मन्तब्य र सचिव राम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.